दाम्मी दार्जिलिङ [फाेटाे फिचर]
तस्बिरः रमिता छुँजु
काठमाडौँ- दार्जिलिङमा चिसो बढ्दै छ । आगन्तुकहरूको चाप पनि बढ्दैछ। तर दार्जिलिङले देश-देशावरमा आगन्तुक आफूतिर तान्ने क्रम पनि जारी राखेको छ । नेपाल र अन्य मुलुकबाट घुम्नका लागि पुगेका मानिस यत्रतत्र भेटिन्छन् ।
देवी-देवताका मन्दिर। मन्दिरदेखि तल उभिएको भव्य सरकारी भवनको टुप्पोमा डल्लै पृथ्वी र त्यसमाथि खुकुरी सोझ्याएर उभिएको फुर्तिलो सैनिक ।
चोकमाथिको मन्दिर क्षेत्रको पृष्ठभूमिमा सेतै हिमश्रृंखला। हिमालय अघिल्तिरका पहाडका गरा-गरामा लेकदेखि बेँसीसम्मै हरिया चियाबारीले आगन्तुकलाई बोलाइरहेका जस्ता देखिन्छन् ।
तस्बिरमा देख्न सकिन्छ दार्जिलिङ,सिक्किम र नेपालको चिया बगान । तस्बिरमा देखिएका पूर्वी नेपाल र भारतको पश्चिम बंगालको परिवेशलाई झल्काउँछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया