पर्यटन

दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए

इकागज |
कात्तिक १८, २०७९ शुक्रबार १६:३८ बजे

काठमाडौं- कोरोना महामारीका बाबजुद सन् २०२२ सुरु भएपछिको १० महिनामा नेपालमा पौने पाँच लाख पर्यटक भित्रिएको पाइएको छ ।  सन् २०२२ को जनवरीदेखि अक्टुबरसम्मको अवधिमा उनीहरु घुम्नका लागि नेपाल आएका हुन् । 

नेपाल पर्यटन बाेर्डका अनुसार सो अवधिमा कुल ४ लाख ७३ हजार ५६३ जना पर्यटक नेपाल भित्रिएका थिए । 


जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९ र मेमा ५३ हजार ६०८ जना पर्यटक नेपाल आएका थिए । 

यस्तै जुनमा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ४६२, अगष्टमा ४१ हजार ३०४, सेप्टेम्बरमा ५८ हजार ३१४ र अक्टुबरमा ८८ हजार ५८२ जना पर्यटक नेपाल भित्रिएको बाेर्डले जनाएको छ । 

बाेर्डका अनुसार पछिल्लो १० महिनामा नेपालमा प्रत्येक महिना औसतमा ४७ हजार ३५३ जना पर्यटक आएका छन् । 


Author

थप समाचार
x