पर्यटन

ठमेलमा ‘न्यू इयर इभ’ सडक महोत्सव हुँदै

इकागज |
पुस १५, २०७९ शुक्रबार १४:३७ बजे

काठमाडौं। अंग्रेजी नयाँ वर्षका अवसरमा काठमाडौंको ठमेलमा सडक महोत्सव हुने भएको छ। पर्यटन प्रवर्द्धनको उद्देश्यसहित शनिबार साँझ साढे ५ बजेबाट सडक महोत्सव सुरू हुने ठमेल पर्यटन विकास परिषदले जनाएको छ।

कार्यक्रममा नेपाली मैलिक कला, विशिष्ठ व्यक्तित्वबाट शुभकामनाका सन्देश साथै साङ्गीतिक कार्यक्रम हुनेछन्। त्यस्तै सन् २०२२ लाई बिदा गरि सन् २०२३ लाई स्वागत गरेर रातिको साढे १२ बजे कार्यक्रम समापन हुनेछ। न्यू इयर इभमा ठमेलको सबै व्यवसायीहरुले वस्तु तथा सेवाको प्रवर्द्धन गर्नेछन्। यसका लागि व्यवसायीहरूले आफ्ना उत्पादनलाई प्याकेज बनाएको परिषदले बताएको छ।


अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा परिषदद्वारा आयोजना हुन गईरहेको न्यू इयर इभ सडक महोत्सव कार्यक्रम काठमाडौं महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम, बरुण वेभरेज लगायतका सम्वन्धित निकायको आर्थिक तथा प्राविधिक सहकार्य रहेको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपराष्ट्रपति नन्दबहादुर पुन सहित विभिन्न विशेष्ट व्यक्तिहरूको उपस्थित हुनेछन्। पर्यटकीय क्षेत्र ठमेलमा न्यू इयर इभमा बढी भीडभाड हुने हुँदा सुरक्षा व्यवस्थापनमा कडाइका लागि सम्वन्य भइरहेको परिषद्का अध्यक्ष भविश्वर शर्माले बताए। ‘महोत्सवमा करिब २५ लाख खर्च हुने अनुमान छ।‘न्यू इयर इभको राती हुने सडक महोत्सवमा १ लाख बढी आगन्तुकहरू उपस्थित हुने हाम्रो अनुमान छ’ पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यसले ठमेलका व्यवसायीहरूलाई टेवा पुग्नेछ।’ परिषदले आयोजना गरेको सडक महोत्सव कार्यक्रमले समग्र ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धन हुने हुँदा अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्न सम्पूर्ण काठमाडौंवासीलाई ठमेलमा आउन उनले अनुरोध गरेका छन्।


Author

थप समाचार
x