पर्यटन

एक वर्षभित्र १० लाख पर्यटक नेपालमा भित्र्याउन सकिने पर्यटन सचिवकाे दाबी

इकागज |
पुस १६, २०७९ शनिबार १५:२६ बजे

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले एक वर्षभित्र मुलुकमा १० लाख पर्यटक भित्र्याउन सकिने दाबी गरेका छन् ।

सरकारले आगामी सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यो सम्भव रहेको सचिव अधिकारीको भनाइ थियो । पर्यटन दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा पर्यटकहरूलाई भित्र्याउने काममा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको पनि स्पष्ट पारे ।


सचिव अधिकारीले कोभिडका कारण पर्यटन क्षेत्रबाट मुलुकको अर्थतन्त्रमा हुँदै आएको योगदान ह्वात्तै घटेको भएपनि अहिले सन्तोषजनक ढंगले सुधार भईरहेको उल्लेख गरे ।

सचिव अधिकारीले नेपालले भारत, चीन, सिंगापुर, भियतनामलगायतका एशीयाली मुलुकहरूमा पर्यटन प्रवर्द्धनका लागि अभियान संचालन गर्नुपर्ने आवश्यक्ता समेत औंल्याए । कार्यक्रममा बोल्दै होटल एशोसिएशन अफ नेपाल (हान)की अध्यक्ष सृजना राणाले होटल व्यवस्थालाई पनि उद्योग व्यवसाय सरह मान्यता दिन सरकारलाई दबाब दिए ।

उनले पर्यटन क्षेत्रको विकासका लागि होटल व्यवसायको प्रवर्द्धनका लागि बनेका नीतिहरूलाई कार्यान्वयनमा ल्याउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

होटल एशोसिएशन अफ नेपालले सरकारले कोभिडका कारण धराशायी बन्न गएको होटल व्यवसायलाई अघि बढाउनका लागि आवश्यक आर्थिक राहत उपलब्ध गराउन नसकेको गुनासो गर्दै आएको छ । 


Author

थप समाचार
x