पर्यटन

बुद्ध एयरले हवाई उडानलाई थप सुरक्षित बनाउने

इकागज |
माघ ८, २०७९ आइतबार १६:४९ बजे

काठमाडौँ- बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरले हवाई उडानलाई थप सुरक्षित बनाउने गरी काम थालनी गरेको बताएका छन् ।

आइतबार बुद्ध एयरले विमानको मर्मतसम्भार र सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक बस्नेतले हवाई यात्रालाई थप सुरक्षित बनाउन भविष्यमा आउनसक्ने चुनौतीको सामना गर्ने गरी काम गरिरहेको बताएका हुन् । उनले नेपालको निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर विमानको मर्मतसम्भार र सञ्चालनका हिसाबले सुरक्षित रहेको उल्लेख गरे ।


बुद्ध एयरकाे मुख्य उद्देश्य भनेको नै वित्तीय कारोबार तथा सूचनालाई पारदर्शिता राख्ने भएको बस्नेतले जानकारी दिए । उनका अनुसार बुद्ध एयरले गत माघ १ गते भएको हवाई दुर्घटनापछि हवाई उडानलाई थप सुरक्षित बनाउनका लागि विमान मर्मत लगायतका विषयमा थप कडाइका साथ काम थालनी गरेको छ ।

नेपालमा पछिल्लो समय भइरहेका हवाई दुर्घटनाले थप चुनौती थपेकाले त्यस्तो दुर्घटना हुन नदिने विषयमा बुद्ध एयर सचेत रहेको पनि उनकाे भनाइ छ । बस्नेतले बुद्ध एयरले कुनै पनि प्राविधिक तथा अन्य सूचनाहरू लुकाउने नगरको दाबी गरे । उनले हवाई उडान, उडानको प्राविधिक पक्षको विषयमा नागरिक उड्डयनसँग निरन्तर सहकार्य रहेको भन्दै हवाई उडानका हरेक काम गर्दा प्राधिकरणसँग सहकार्य र जानकारी गर्ने गरेको बताए ।

उनले बुद्ध एयरको २५ वर्षको अनुभवमा नागरिक उड्डयनसँगको सहकार्य युनिक र फलदायी रहेको पनि जिकिर गरे ।

बुद्ध एयरले हवाई दुर्घटना बढ्दै जाँदा विमानहरू धेरै वर्ष पुराना विमानहरू नेपालमा ल्याएर उडान भर्ने गरेको भन्दै बाहिर आवाज उठेको छ । तर, अन्तरक्रिया कार्यक्रम जानकारहरूले विमानहरू पुराना नहुने बताएका छन् । उनीहरूले विमानहरू मर्मतसम्भार र पार्टपुर्जा पुरानो हुने भएकाले निश्चित समयमा पार्टपुर्जा परिवर्तन गरी हवाई उडान गर्नुपर्ने बताएका छन् ।

बुद्ध एयरले अन्तरक्रियामार्फत बुद्ध एयरले हवाई उडानलाई सुरक्षित बनाउनका लागि विमान मर्मत र पार्टपुर्जाका लागि अर्बौं लगानी गरेको बताएको छ । 


Author

थप समाचार
x