पर्यटन

जहाज किन्नुअघि स्पष्ट ‘बिजनेस प्लान’ बनाउन वायुसेवा निगमलाई निर्देशन

इकागज |
माघ ९, २०७९ सोमबार १५:३६ बजे

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल वायुसेवा निगमलाई जहाज किन्नुअगाडि स्पष्ट ‘बिजनेस प्लान’ बनाउन निर्देशन दिएका छन् ।

सोमबार नयाँ पर्यटनमन्त्री सुदन किराँतीलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै अधिकारीले नेपाल वायुसेवा निगमले थप जहाज खरिद गर्नुअघि मन्त्रालयलाई स्पष्ट ‘बिजनेस प्लान’ बनाउन निर्देशन दिएका हुन् । उनले निगमलाई जहाज आवश्यक रहेको भन्दै जहाज खरिदका लागि स्पष्ट बिजनेस प्लान बनाउन निगमलाई आग्रह गरे ।


उनले कुनैपनि वायुसेवा कम्पनी उडानमा केन्द्रित हुनुपर्ने भन्दै जहाज उडानलाई नै प्राथमिकता दिन निर्देशन दिए । उनका अनुसार निगमले नेपालका दुर्गम र पहाडी क्षेत्रको मागलाई धान्न सकेको छैनन् । वाइडबडीले बिजनेस नपाएको भन्दै ३३० को वाइडबडीका लागि नयाँ गन्तव्यका लागि पहिचान गर्ने र उडान भर्नसक्ने क्षमता विकास गर्नुपर्ने भएको उनले बताए ।

सरकारले नेपाल वायुसेवा निगमलाई सक्षम व्यवसायी, सेवा मुलक र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न चाहेको उनकाे भनाइ छ ।


Author

थप समाचार
x