नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित छ : वायुसेवा सञ्चालक संघ
फाइल तस्बिर
काठमाडौं- वायुसेवा सञ्चालक संघले नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको बताएको छ ।
शुक्रबार वायुसेवा सञ्चालक संघले काठमाडौंमा हवाई सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको बताएको हो । संघले हवाई दुर्घटना एउटा मात्रै कारण नभएर धेरै कारणले हुने बताएको छ ।
संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको हवाई उडान र उद्योग धेरै सुरक्षित रहेको उल्लेख गरे । उनले धेरै राम्रो हवाई सुरक्षा भएको देशहरूमा पनि विभिन्न कारण दुर्घटना हुने गरेको बताए । उनले हवाई दुर्घटनालाई सामान्य लिन नहुने भन्दै दुर्घटनाबाट पाठ सिकेर थप हवाई उडानलाई सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गरे ।
अध्यक्ष थापाले हवाई दुर्घटना जहाज मेसिन, मौसम, प्राविधिक पक्ष, व्यवस्थापन, नियमन र मानवीय गल्तीलगायतको कुनै पनि कारण हुनसक्ने धारणा व्यक्त गरे । उनले नेपालको हवाई उडान उद्योग असुरक्षित नभएको जिकिर गरे ।
उनले हवाई उडान सुरक्षित रहेको सन्देश सञ्चारमाध्यमले पुर्याउन आवश्यक रहेको बताए । अध्यक्ष थापाले नेपालमा हवाई दुर्घटना हुन नदिनका लागि नियमन निकायले थप सुरक्षित अवधारणाहरू ल्याउन जरुरी रहेको औंल्याउ । उनले नेपालको हवाई उद्योग मुलुकको अर्थतन्त्रको धरोहर भएको भन्दै हवाई उद्योगले पर्यटन उद्योगलाई ठूलो टेवा पुर्याएको उल्लेख गरे ।
अध्यक्ष थापाले विमान काठमाडौं बाहिरका विमानस्थलमा पार्किङका लागि लैजानुपर्ने विषयमा नागरिक उड्ड्यन प्राधिकरणले बाहिरका विमानस्थलहरूमा प्राप्त हवाई पूर्वाधारहरू उपलब्ध गराउनुपर्ने बताए ।
कार्यक्रमा बोल्दै संघका महासचिव मनोज कार्कीले नागरिक उड्डयन प्राधिकरणले हवाई उडानका लागि ल्याएका नयाँ व्यवस्था वायुसेवा सञ्चालकहरूको समेत सहकार्यमा ल्याएको उल्लेख गरे । उनले प्राधिकरणले ल्याएको नयाँ नियमले हवाई उडानलाई थप सुरक्षित र भरपर्दाे बनाउन मदत पुग्ने बताए । उनले प्राधिकरणले विगतमा भएको हवाई उडान मापदण्डहरू असुरक्षित भएर नयाँ नियम ल्याएको भने नभएको स्पष्ट पारे । उनले प्राधिकरणको नयाँ नियम सञ्चालक संघले तत्काल पालना गर्न तयार रहेको बताए ।
त्यस्तै, नागरिक उड्डयन प्राधिकरणका निर्देशक श्यामकिशोर साहले नेपालको हवाई उडान सुरक्षित बनाउनका लागि हवाई ट्राफिक कन्ट्राेलरलाई थप तालिमको आवश्यकता रहेको औँल्याए । उनले पप्राधिकरणले ट्राफिक कन्ट्रोलरहरूलाई दिने तालिम कमी भएको भन्दै तालिम बढाउन आवश्यक रहेको बताउ । उनले हवाई उडानको सुरक्षित बनाउनको लागि नियमन, तालिम र टेक्नोलोजी राम्रो आवश्यक रहेको उल्लेख गरे ।
उनले नेपालमा नम्बरका आधारमा विमानस्थलहरू बढाए पनि हवाई ट्राफिक कन्ट्रोलमा जनशक्तिको अभाव रहेको जानकारी दिए । उनले विमानस्थल बढेसँगै हवाई ट्राफिक कन्ट्रोल पनि बढेको बताउँदै काम गर्ने जनशक्तिको अभाव भइरहेको गुनासो गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया