पर्यटन बोर्डले अध्यक्ष अधिकारी र मुख्य सचिव कार्यालयका उपसचिव बस्नेतलाई आफ्नै खर्चमा विदेश पठाउँदै
फाइल तस्बिर
काठमाडौँ- नेपाल पर्यटन बोर्डको आज (बुधबार) बैठक बस्ने भएको छ । बोर्डको बैठकले विदेश भ्रमणको एजेण्डा तय गर्ने भएको छ ।
बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीको एजेण्डामा हिमालयन ट्राभल मार्टको बजेट खोस्न, बोर्डका अध्यक्ष सुरेश अधिकारी र उपसचिव गोकुल बस्नेतलाई विदेश भ्रमण पठाउन बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मुख्य सचिवको सचिवालयका उपसचिव बस्नेत र अध्यक्ष अधिकारीलाई समेत बोर्डले आफ्नो खर्चमा सहभागी गराउने भएको हो । जर्मनको बर्लिनमा हुने पर्यटन मेलामा सहभागी गराउन कार्यकारी अधिकृतले बैठक बसाउने भएका हुन् ।
बोर्डले पर्यटन मेला आइटीवी दुई उच्च अधिकारीलाई बर्लिन पठाउन लागेको हो । पर्यटन मन्त्रालयले खर्च कटौती गर्ने धारणा राखे पनि विदेश पठाउन मन्त्रिपरिषदमा स्वीकृत दिनलाई सिफारिस गरिएको स्रोतले बताएको छ । 'पर्यटन मेलामा जानेहरूको सबै खर्च पर्यटन बोर्डले व्यहोर्ने छ,' स्रोतले भन्यो ।
त्यसैगरी, हिमालयन ट्राभल मार्टको पनि खर्च कटौती गर्ने भएको छ । नेपालको अन्य पर्यटन मार्टहरु मध्ये सर्वाधिक सफल अन्तराष्ट्रिय स्तरको मार्ट मानिन्छ । मार्टको विनियोजित रकमलाई स्वेच्छाचारी ढङ्गले अर्कै कार्यक्रममा रकमान्तर गर्ने स्रोतले जानकारी दिएको छ ।
बैठकमा निजी क्षेत्रबाट कोही पनि सहभागी नहुने बोर्ड स्रोतले उल्लेख गरेको छ ।
त्यसैगरी, बोर्डको गत ६ गते बसेको मन्त्रीसहितको बैठकले कार्यकारी प्रमुख धनन्जय रेग्मीले सदस्यहरूको अवहेलना गरेका थिए । प्रमुखले बोर्डको बजेट मन्दिर निर्माणमा खर्च गरेको समेत स्रोतले उल्लेख गरेको छ ।
मनोमानी खर्च गरे पनि बोर्डले निर्धारण गरेको बजेट मात्र खर्च गरेको दाबी गरेको स्रोतको भनाइ छ । उनले आफ्नो हस्ताक्षरसहितको कोरम पुर्याएर बजेट पारित गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया