पर्यटन

नेपाल एयरलाइन्सका दुई महिला पाइलटले गरे अन्तर्राष्ट्रिय उडान

इकागज |
फागुन २४, २०७९ बुधबार ११:५४ बजे

काठमाडौं - नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गरेका छन् । पाइलट भावना गिरी पन्तसँगै कोपाइलट श्रृजना राउतको टोलीले  अन्तर्राष्ट्रिय उडान उडान भरेका हुन् ।  एयर बस २३० जहाजमा पाइलट, को-पाइलट र एयरहोस्टेस सबै महिला रहेका छन् ।

यूएईबाट काठमाडौंका लागि आज बिहान ४ बजेर ५५ मिनेट जाँदा उडेको उक्त जहाजमा सबै क्रू मेम्बर महिला रहेको निगमले जनाएको छ।


एयरहोस्टेसहरूमा बास्ना राना, पुरअन्जक महर्जन, संगीता केसी र अनिशा प्रजापति रहेका छन् ।

निगमले महिला दिवसका अवसरमा एउटा उडान सबै महिला क्रू मेम्बरबाट गराएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दुवै पाइलटलाई बधाई दिएका छन् । यो संयोग मात्र नभई महिलाहरूले अवसर पाउँदा गर्न सक्छन् भन्ने प्रमाण भएको उनको भनाइ छ । 

नेवानीमा अरू ९ जना महिला पाइलटहरू पनि रहेको पनि उनको भनाइ छ । १ जना ए ३३० , ४ जना ए ३२० र ४ जना आन्तरिक उडानमा कार्यरत छन् ।

यसैगरी निगममा कार्यरत १४५ क्याबिन क्रु मध्ये ९६ जना महिला क्यावनि क्रु रहेका छन् ।


Author

थप समाचार
x