पर्यटन

विमान चार्टर गरेर नयाँ वर्षको पूर्वसन्ध्यामा चिनियाँहरू नेपाल भ्रमणमा

इकागज |
चैत ३०, २०७९ बिहीबार ११:३७ बजे

काठमाडौँ- नेपाली नयाँ वर्षमा घुम्‍नका लागि विमान चार्टर गरेर १८१ जना चिनियाँहरू नेपाल आएका छन् । बिहीबार हिमालय एयरलाइन्सको विमान चार्टर गरेर १८१ जना चिनियाँहरू नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल भ्रमणमा आएका हुन् । उनीहरूले नेपाल र चीनको झण्डा बोकेका थिए ।


उनीहरूलाई त्रिभुवन विमानस्थलमा उनीहरूलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ स्वागत गरेका छन् । उनीहरूलाई विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको हो ।

'नयाँ वर्षको आगमनसँगै चिनियाँ पाहुनाहरूलाई नेपाल र नेपाली जनताको तर्फबाट भव्य स्वागत गरियो । महामहिम छेन् सङ र चिनियाँ जनवादी गणतन्त्र सरकारलाई धन्यवाद' संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री किरातीले भने 'भोलिदेखि नयाँ वर्ष मात्र होइन नयाँ दशक प्रारम्भ हुँदैछ । मलाई बिश्वास छ,यो दशक नेपालीहरूको लागि सुख र समृद्धिको दशक बन्नेछ ।'

पर्यटन मन्त्रालयका अनुसार ७ सय जना चिनियाँ नागरिकहरू नेपाल भ्रमणमा आउँदैछन् ।


Author

थप समाचार
x