आजदेखि सिम्रिकले पायो उडानको स्वीकृति
फाइल तस्बिर
काठमाडौँ- सिम्रिक एयरले आजदेखि नियमित उडान गर्न थालेको छ । शुक्रबार सिम्रिक एयरको हेलिकोप्टर संखुवासभामा दुर्घटना भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले केही दिनका लागि उडानमा रोक लगाएको थियो ।
आइतबार प्राधिकरणबाट खटिएका विशेषज्ञ टोलीले परीक्षण गरेपछि आजदेखि उडानको स्वीकृति पाएको सिम्रिक एयरले जनाएको छ । एएस ३५० बी थ्रीइ (नाइन एन एजेजेड) हेलिकोप्टर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी स्थानीय भवीन गुरुङको मृत्यु भएको थियो । हेलिकोप्टरमा चालकसहित चार जना सवार थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया