पर्यटन

निगमले जापान जाने यात्रुलाई भन्यो : भ्रमणको उद्देश्य खुलाएर मात्र टिकट लिनु

इकागज |
बैशाख २६, २०८० मंगलबार १८:४० बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल वायुसेवा निगमले जापान जाने यात्रुलाई आवश्यक कागजात देखाएर मात्र टिकट काट्न अनुरोध गरेको छ । पछिल्लो समय नेपालबाट जापान गएका यात्रुलाई भ्रमणको स्पष्ट उद्देश्य नखुलेपछि जापानस्थित अध्यागमनले फिर्ता पठाउन थालेको छ ।

निगमले सूचना जारी गर्दै यात्रुले आफ्नो यात्राको उद्देश्य स्पष्ट पारेर कागजात आफैँसँग लैजान र टिकट खरिद गर्दाकै समयमा जापान सरकारले निर्दिष्ट गरेका प्रवेषाज्ञा सम्बन्धी सबै कुरा बुझेर मात्र टिकट लिन सबैलाई सुझाव दिएको छ ।


‘जापान प्रवेश निषेध गर्ने गरेको पाइएकोले काठमाडौँ–जापानको टिकट लिने सम्पूर्ण गराउँदै यसबाट पर्न जाने अध्यागमनको जरिवाना र अन्य खर्चहरू प्रति सम्बन्धित ट्राभल एजेन्सी र स्वयम् यात्रु नै जिम्मेवार रहने व्यहोरा सूचित गरिन्छ,’ सूचनामा लेखिएको छ ।


Author

थप समाचार
x