पर्यटन

आजबाट काठमाडौंमा ‘सम्पदा बस' सेवा सुरु हुदैँ

इकागज |
जेठ ९, २०८० मंगलबार ७:५ बजे

फाइल फोटो

काठमाडौं - आज देखि काठमाडौं उपत्यकामा 'सम्पदा बस' सञ्चालनमा आउने भएको छ ।

काठमाडौं उपत्यकाका सम्पदाहरुको दृश्यावलोकन गराउने उदेश्यसहित आजबाट 'सम्पदा बस' सेवा सञ्चालनमा आउन लागेको हो । 


नेपाल पर्यटन बोर्डको व्यवस्थापनमा दुई वटा बिद्युतीय बसहरुमार्फत काठमाडौं उपत्यकाका सम्पदा देखाइने प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए । उनका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरू सम्म सम्पदा घुम्ती बस सेवाका रूपमा मंगलबारबाट ‘हफ अन हफ अफ बस’ सञ्चालन हुनेछन् ।

आज ललितपुर महानगरपालिकाबाट औपचारिक रुपमा सुरु गरिने  ‘हफ अन हफ अफ बस’ सेवामार्फत पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ। तत्कालका लागि यो सम्पदा बस सेवा निःशुल्क प्रयोगमा ल्याईने छ । 
 
 


Author

थप समाचार
x