स्काइ वाकले भन्यो : सरकारको कानुनी प्रक्रिया पुर्याएर व्यवसाय गरिरहेका छौँ
काठमाडौँ- स्काइ वाकले संघीय कानुन र स्थानीय सरकारको कानुन मानेर व्यवसाय सञ्चालन गरिरहेको जनाएको छ । काठमाडौँस्थित कमलादीमा रहेको स्काइ वाक गत असार १५ गतेदेखि सञ्चालनमा आएको थियो ।
काठमाडौँ उपत्यका विकास प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण र काठमाडौँ महानगरपालिकाबाट नक्सा पास, भवन निर्माण अनुमति, वन मन्त्रालयबाट वातावरणीय मूल्याकंन र पर्यटन विभागबाट इजाजत पनि लिएको स्काइ वाकले प्रस्ट पारेको छ ।
स्काइ वाक सञ्चालन भएको एक महिनामै स्वदेशी तथा विदेशी पर्यटकको संख्या उल्लेख्य मात्रामा उपस्थित भएको छ । पाँच वर्षमा स्काइ वाक निर्माण भएको हो ।
नेपाल सरकार, काठमाडौँ महानगरपालिका तथा मातहतका निकायका श्रम, सुरक्षा, पार्किङ र समाजमा स्थापित मूल्य मान्यताका आधारमा व्यवसाय गरिरहेको पनि स्काइ वाकले प्रस्ट पारेको छ ।
‘हामीले व्यवसाय सञ्चालनमा ल्याएर त्यसवापत नेपाल सरकार तथा काठमाडौँ महानगरपालिकालाई कानुन बमोजिमको कर तिर्दै राजश्व संकलनमा आबद्ध हुन पाउँदा हामीलाई गौरव लागेको छ,’ स्काइ वाकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
स्काइ वाकमा चढेर काठमाडौँको मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया