पर्यटन

स्पा संघ नेपालको अध्यक्षमा पुरी निर्वाचित

इकागज |
माघ २५, २०८० बिहीबार १७:२२ बजे

काठमाडौँ- स्पा संघ नेपालको अध्यक्षमा सुरेश पुरी निर्वाचित भएका छन् । बिहीबार काठमाडौँमा आयोजित संघको तेस्रो साधारण सभामा उनी निर्वाचित भएका हुन् । अध्यक्ष पुरी ट्रयांक्विलिटी स्पाका सञ्चालक हुन् ।

त्यसैगरी,  (नमस्ते स्पा) उपाध्यक्षमा विनोद श्रेष्ठ, (नेक्टर स्पा)का महासचिव अमृत थोकर, (जेन स्पा) का सचिव रामदेव महत्तो, कोषाध्यक्ष कैलाशसिंह थारु (किन्जला स्पा), र (स्पा हव) सह-कोषाध्यक्ष सविता अधिकारी ब्यूटी निर्वाचित भएका छन् ।


सदस्यमा (सेरेनेटी स्पा) रामेश्वर भैजु, ( स्पालोन स्पा)  कुमार भण्डारी, (ओम शान्ति स्पा) केशव बस्नेत, (ट्रयाक्विलटी स्पा )श्याम कुमार पोख्रेल, (ट्रयांक्विलिटी स्पा) भुवनेश्वर फैँजु, (काठमाडौँ स्पा) नवराज दाहाल,( नेपालय स्पा) सैजिला थिङ र (प्याराडाइज स्पा)का सुर्यबहादुर श्रेष्ठ निर्वाचित भएका हुन् ।

स्पा संघको नयाँ कार्यसमितिको समयावधि दुई वर्ष हुनेछ । यसअघिको कार्यसमितिमा अध्यक्ष सुभलाल थिङ रहेका थिए ।

स्पा संघ मुलुकभरका स्पा तथा वेलनेस सञ्चालकहरूले स्थापना साझा संस्था हो । स्पा तथा मसाजबाट अनैतिक गतिविधि भएको भन्दै स्पा व्यवसायलाई मर्यादित बनाउन संघको स्थापना भएको थियो ।

साधारण सभामा प्रमुख अतिथि नेपाली कांग्रेस नेता गोपालमान श्रेष्ठ रहेका थिए ।

प्रमुख अतिथि श्रेष्ठले स्पाले मर्यादित भएर व्यवसाय सञ्चालन गर्नुपर्ने धारणा राखे । सरकारले स्पा व्यवसायीका निम्ति विशेष ऐन बनाएर प्रोत्साह गर्नुपर्ने उनको भनाइ थियो ।

स्पाले मानव शरीरलाई तन्दुरुस्त बनाउने सहयोग गर्ने श्रेष्ठको भनाइ छ । स्पा मार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्न व्यवसायीले नयाँ-नयाँ स्किम ल्याउनलाई उनले सुझाए ।

विशिष्ट अतिथि पर्यटन विद तथा लेखक कर्ण शाक्यले अलग , फरक र मौलिक तरिकाले जुनसुकै व्यवसाय गरे सफलता हुने धारणा राखे ।  पर्यटनको छेत्रमा स्पा व्यवसाय एउटा प्रचुर सम्भावना बोकेको उनले बताए ।

काठमाडौँ महानगरपालिकाका २६ का अध्यक्ष ख्याम तिवारीले स्पाका लागि चाहिने मापदण्ड बनाउन महानगर सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । उनले मापदण्ड विपरीत चलेका स्पालाई सुधार्दै लैजान संघका पदाधिकारीलाई आग्रह गरे ।

अतिथि ठमेल पर्यटन परिषदका अध्यक्ष भवीश्वर शर्मा, अतिथि विशाल ढकाल र नेपाल पर्यटन बोर्डका सदस्य सुमन घिमिरेको उपस्थिति थियो ।  


Author

थप समाचार
x