सेफ शाहले डेढ करोड लगानीमा खोले 'मिथिला बाइ सन्तोष साह’
'अयोध्या र कतारमा मिथिला थाली पुर्याउँदैछु'
काठमाडौँ- सेफ सन्तोष साहले ललितपुरको झम्सिखेलमा ‘मिथिला बाइ सन्तोष साह’ सुरु गरेका छन् । जनकपुर तथा मधेसको मौलिक परिकारको स्वाद काठमाडौँ उपत्यकाबासीलाई खुवाउने योजनाका साथ उनले झम्सिखेलमा रेष्टुराँ सुरु गरेका हुन् ।
मिथिला थाली जनकपुरमा खोलेको एक वर्षपछि आगामी जेठ ६ गते उद्घाटन गरिने साहले जानकारी दिए । उनका अनुसार मिथिला थाली डेढ करोड लागतमा रेष्टुरेण्ट खोलिएको हो । यहाँको मेनु सबै तराईको हुन्छ । खाना सेट एउटा ट्रे मा हालेर सर्भिस हुन्छ । १७ प्रकारको खाना उपलब्ध गराउँछौ ।
शाहको मिथिला बाइ सन्तोष साह’थाली ५५०, मिथिला थाली चिकन ७००, मिथिला थाइ फीस ७५० र मिथिला थाइ मटन ८५० रहेको छ । मिथिला थालीमा ४० र जनकपुरमा ६० जना कर्मचारी कार्यरत छन् ।
झम्सीखेलमा नै खोल्नुको उद्देश्यबारे बताउँदै उनले भने,’ मिथिलाको प्रचार, खाना र थाली प्रमोट गर्नु हो । काठमाडौँका अन्य दुई ठाउँमा पनि खोलिन्छ ।‘
भारतको अयोध्यामा पनि मिथिला रेष्टुरेण्ट खोलिने साहले जानकारी दिए । राम र सीताको सगंम विन्दु र सांस्कृतिक पहिचानका लागि अयोध्यामा खोल्न लागिएको उनले सुनाए । मिथिला संस्कृति, कला र खाना पनि भारत पुर्याउँनु हाम्रो उद्देश्य हो’ उनले अगाडि थपे ।
जनकपुरबाट मिथिला थाली सुरु गरेका साहले झम्सीखेलमा आउनुको कारण सामाजिक कारण रहेको खुलाए । काठमाडौँ उपत्यकाबाट जनकपुर कोही पनि काम गर्न नजाने तर काठमाडौँ काम गर्नकै लागि भनेर आउनेको संख्या बढी रहेको उनले सुनाए । रोजगारीको खोजीमा मानिस धेरै रहने भएकाले पनि यहाँ मिथिला थाली खोलिएको उनले जानकारी दिए ।
ग्राहकले खाना खाए बापत तिरेको शुल्क केही रकम च्यारिटीमा छुट्याइने उनले जानकारी दिए । आफू व्यापार तथा व्यवसायमा लागेपछि सामाजिक कार्यक्षेत्रमा लाग्ने गरेको अनुभव उनले सुनाए ।
व्यवसायसँगै मिथिलाको प्रचार गर्नु नै उनको मुख्य उद्देश्य रहेको छ । यहाँ व्यवसाय गरेर मिथिलाको खाना र संस्कृति प्रचार गर्नु हो,’ उनले अगाडि थपे ।
विदेशमा रहँदा मधेश र मिथिलाको प्रचारप्रसार गर्ने गरेको उनले स्मरण गराए ।‘मिथिला खानामा सबै अर्गानिक तथा गुणस्तरयुक्त वस्तुहरू मात्र प्रयोग गरिएको छ,’ उनी भन्छन्,’ हाम्रो कारणले किसान तथा सामान्य मानिसको जीवन सुधार्न सकियोस् भन्ने छ ।‘
मिथिला थालीको सुरुवातसँगै खेती गर्ने योजना पनि साहले सुनाए । खेत भाडामा लिएर कृषि कर्म गर्नेलाई जग्गा उपलब्ध गराइने उनको भनाइ छ ।
बिबिसीका मास्टर सेफ साहले यसअघि जनकपुरमा मिथिला थाली सुरु गरेका थिए । जनकपुरका स्थानीय परिकारको प्रचार गर्ने उद्देश्यले जनकपुरमा मिथिला थालीको सुरुआत गरेपछि साहले काठमाडौँमा पनि मिथिला थाली सुरु गरेका हुन् ।
‘स्थानीय परिकारको प्रबद्र्धनका लागि पहिले जनकपुरमै मिथिला थाली खोल्ने योजना पूरा भएपछि अहिले काठमाडौँ आएको हुँ,’ उनले भने, ‘ललितपुरको झम्सिखेलबाटै ग्राहकले मिथिला क्षेत्रको मौलिक परिकारको स्वाद थाहा पाउनुहुनेछ ।‘
सेफ साहले डेली डाइट शीर्षकको थालीमा तीन वटा ननभेज करी, जनकपुरको लस्सी र रसमलाइलगायतका परिवार राखेका छन् ।
साथै मिथिला थाली ५५० रुपैयाँ अन्तर्गत चोखा, भात, घिउ रोटी, तरुवा, तिलौरी, सलादको संयोजन गरेका छन् । उनका अनुसार झम्सिखेलको यो रेष्टुराँमा जनकपुरको तावा माछा पनि पाइन्छ ।
त्यसैगरी, साहले अर्को यसैको शाखा मिथिला थाली भेज सेट गौशालामा खोल्न लागिएको उनले जानकारी दिए । पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने दर्शनार्थीलाई लक्षित गरी गौशालामा अर्को शाखा खोल्न लागिएको उनले बताए । जेठको तेस्रो सातासम्ममा गौशाला मिथिला थालीको नयाँ शाखा खोल्न लागिएको उनले बताए ।
‘ दर्शनार्थीलाई लक्षित गरी शुद्ध शाकाहारी खाना खुवाउने लक्ष्यसहित गौशालामा खोल्न लागिएको हो,’ उनले भने ।
शाहका अनुसार कतारमा पनि मिथिला थाली खोल्न लागिएको छ । कतारमा धेरै नेपाली कामदार पुगेका छन् । जहाँ उनीहरूले नेपाली परिकार तथा मिथिला खान पाउने छन् । भारत, बंगलादेश र पाकिस्तानी नागरिकलाई लक्षित गरी मिथिला थाली कतारमा खोल्न लागिएको उनले जानकारी दिए ।
नेपालकै अन्य जिल्लामा मिथिला थाली खोल्ने तयारी भइरहेको छ । वीरगञ्ज र विराटनगर लगायतको स्थानमा चाँडै खोलिने शाहले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया