पर्यटन

श्री एयरलाइन्सको क्यु ४०० ड्यास ८ विमानद्वारा भरतपुर विमानस्थलमा सफल परीक्षण उडान

इकागज |
असार ६, २०८१ बिहीबार १४:३२ बजे

काठमाडौँ- श्री एयरलाइन्सको क्यु ४०० ड्यास ८ विमानले भरतपुर विमानस्थलमा सफल परीक्षण उडान सम्पन्न गरेको छ । क्यानडाको तत्कालीन बम्बार्डियर (हाल डी हाभिलैण्ड अफ क्यानडा) कम्पनीमा निर्मित ८० सिट क्षमताको क्यु ४०० ड्यास ८ बाट भरतपुरमा पहिलोपटक सफल परीक्षण उडान भएको हो । 

अत्याधुनिक सुविधाले भरिपूर्ण क्यु ४०० ड्यास ८ विमानबाट पहिलो पटक बिहीबार भरतपुरमा सफल उडान परीक्षण गरिएको कम्पनीले जानकारी दिएको छ । 


‘नेपालको विश्व परिचित चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकहरूको पहुँच अझ सहज र सुरक्षित गर्ने उद्देश्यका साथै पूर्व पश्चिम राजमार्गको केन्द्रबिन्दु र व्यापारिक क्षेत्रमा यात्रुहरूको अत्यधिक चाप लाई सहज गर्न भरतपुर विमानस्थलमा हवाई सेवा विस्तार गर्नका लागि पर्यटन व्यवसायीहरू तथा विभिन्न क्षेत्रबाट विमान सेवा सञ्चालन गरिदिन अनुरोध गरिए अनुसार भरतपुर विमानस्थलमा परीक्षण उडान गरिएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

क्यु ४०० ड्यास ८ विमान अत्यन्तै आरामदायक, सुरक्षित तथा यात्रुहरूलाई कम ध्वनि अनुभूति दिने र भरपर्दो क्यानडाको पाट एन्ड बिएनी कम्पनीबाट निर्मित ५४०० साफट हर्षपावको साथमा पीडब्लूआईसोन इन्जिन जडित भएको विमान हो ।

सन् २०१७ बाट ५० सिट क्षमताका २ वटा सीआरजे २०० तथा ७० सिट क्षमताको २ वटा सीआरजे ७०० जेट विमानहरूबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन सुरु गरिएकोमा कम्पनीले छोटो समयमा आन्तरिक हवाई सेवामा उत्कृष्ट सेवा प्रदायक हुन सफलता भएको श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।

श्री एयरलाइन्सले सेवा सुरु गरिसके पछि यात्रुहरूले सहुलियत भाडादरमा यात्रा गर्न पाउनुका साथै सीआरजे २००/७०० तथा क्यु ४०० ड्यास ८ विमानहरूबाट काठमाडौँ विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी, पोखरा, सुर्खेत आदि विमानस्थलहरूमा र पर्वतीय उडानहरू निर्यात रूपमा हवाई सेवा सञ्चालन गरिरहेको मानन्धरले जानकारी दिएका छन् ।

बिहीबार पहिलो पटक भरतपुर विमानस्थलमा परीक्षण उडान गरेको कम्पनीले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाए पश्चात् उक्त गन्तव्यमा छिट्टै नियमित उडान सञ्चालन गरिने समेत जानकारी दिएको छ । 


Author

थप समाचार
x