पर्यटन

नेपालमा पर्यटक भित्र्याउन दुई युवाको जुक्ति : आफ्नै खर्च र पहलमा विश्व यात्रा

इकागज |
असार १८, २०८१ मंगलबार १५:२९ बजे

काठमाडौँ- नेपाल विश्वकै पर्यटकीय देश हो । विश्वका उत्कृष्ट पर्यटकीय स्थलहरू रहेको नेपाल पृथ्वीको स्वर्ग समेत भन्दा अत्युक्ति नहोला । यहाँका अनेकौं हिमाल र मन्त्रमुग्ध पार्ने प्राकृतिक वस्तुहरूको उचित प्रचारप्रसार हुन नसक्दा नेपाल आउने पर्यटकको संख्या बढ्न सकेको छैन ।

सरकारले नेपालको पर्यटकीय स्थलहरूको विदेशमा प्रचारप्रसार त परै जाओस् आएका पर्यटकलाई समेत राम्रोसँग नेपालको बारेमा बुझाउन सकेको छैन । यसरी देशमा अथाह पर्यटनको सम्भावना हुँदा हुँदै पनि पर्यटक आकर्षित नभएको भन्दै दुई युवाले आफ्नै खर्च र पहलमा नेपालमा पर्यटक भित्र्याउन नयाँ जुक्ति निकालेका छन् । दुई युवा दिपक लम्साल र मनिराम अधिकारले विश्व यात्रा गर्दै नेपालको पर्यटन प्रवर्द्धन गर्ने जुक्ति निकालेका हुन् । उनीहरूले यसअघि पनि छिमेकी मुलुक भारत, चीन, बंगलादेश, सिंगापुर, थाइल्याण्ड र युरोपका केही देशहरूको भ्रमण गरिसकेका छन् । 


‘हामी आफैँले सवारी साधन चलाएर भ्रमण गर्दा हाम्रो अन्य देशका बासिन्दाहरूसँग हुने प्रत्यक्ष सम्बन्धले हामीलाई हाम्रो आफ्नो देशको बारेमा प्रचारप्रसार गर्न निकै सहयोग पुग्छ,’ लम्सालले भने, ‘हाम्रो यात्राको क्रममा नेपालको गौरवमय तथा अद्वितीय राष्ट्रिय झण्डा फहराउँदै सगरमाथा र भगवान गौतम बुद्धको जन्मभूमि नेपाल देशको सन्देश विश्वका विभिन्न देशका जनतासमक्ष पुर्याउन पाउँदा हामी आफूलाई गौरवान्वित भएको अनुभूति गर्नेछौँ ।’

आफ्नै सवारी साधनमा विदेश भ्रमण गर्दा त्यहाँका बासिन्दाले उनीहरूप्रति बढी चासो राख्ने र त्यस क्रममा आफ्नो देशको बारेमा प्रचार प्रसार गर्न सहयोग पुग्ने गरेको अर्का युवा लम्साल बताउँछन् । यसअघि आफ्नै पैसामा घुमेका युवाहरू अब भने नेपालबाट भारत हुँदै पाकिस्तान जाने तयारीमा छन् । 

‘हाम्रो यात्राको क्रममा नेपालको गौरवमय तथा अद्वितीय राष्ट्रिय झण्डा फहराउँदै सगरमाथा र भगवान गौतम बुद्धको जन्मभूमि नेपाल देशको सन्देश विश्वका विभिन्न देशका जनतासमक्ष पुर्याउन पाउँदा हामी आफूलाई गौरवान्वित भएको अनुभूति गर्नेछौँ,’ लम्साल भन्छन्, ‘हामीले यसै प्रयोजनका लागि सवारी साधन चलाउन अन्तर्राष्ट्रिय सवारी चालक अनुमतिपत्र (INTERNATIONAL DRIVING LICENSE) पनि प्राप्त गरिसकेका छौँ ।’ यस साता भारत हुँदै पाकिस्तान निस्कन लागेको लम्सालले जानकारी दिए ।

‘हामी हाम्रो सवारी साधनमा बाटोबाट भारत गई पाकिस्तान प्रवेश गर्ने योजना र पाकिस्तानबाट इरानको बाटो हुँदै विश्व भ्रमणमा जाने कार्यक्रम रहेको थियो,’ उनले भने, ‘इरान र इजरायल लगायत अन्य देशसँग भएको द्वन्द्वले गर्दा इरानबाट अगाडि जाने कार्यक्रम रद्द भयो ।’ हाललाई पाकिस्तानसम्म पनि जाने कार्यक्रम तय भएको अधिकारीको भनाइ छ । ‘विश्व राजनीतिमा विभिन्न देशहरूबीच द्वन्द्व चर्किँदै गएका कारण पनि हाललाई यात्रा छोट्याउनु परेको हो,’ अधिकारीले भने । 


Author

थप समाचार
x