Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

पर्यटन

अवरुद्ध भएको सात दिनपछि उडान सञ्‍चालन

इकागज |
असार २५, २०८१ मंगलबार १६:१७ बजे

मुगु- मुगुस्थित रारा विमानस्थलमा आजदेखि हवाई उडान सञ्चालन भएको छ । अविरल वर्षाका कारण सात दिनदेखि अवरुद्ध हवाई उडान आजदेखि पुनः सञ्चालनमा आएको हो । 

रारा नागरिक उड्डयन कार्यालय ताल्चाका प्रमुख कृष्ण रिजालका अनुसार मौसममा केही सुधार भएपछि आज समिट र तारा एयरले उडान गरेका हुन् । हवाई उडान नहुँदा यात्रुहरू मुगुमै बस्न बाध्य थिए । 


कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा विगत सात दिनदेखिको अविरल वर्षाका कारण बाक्लो हुस्सु र कुहिरो लाग्दा हवाई उडान अवरुद्ध हुँदै आएको थियो । 'गाडीबाट जाउँ भने बाटो बिग्रेको छ, जहाज आउँदैन । सात दिनदेखि सुर्खेत जान तयार भएको थिएँ बल्ल आज मौसममा सुधार आएपछि प्लेनमा यात्रा गर्न पाइयो खुसी लाग्यो,' छायाँनाथ रारा नगरपालिका गमगढीका नौलासिंह नेपालीले बताए ।


Author

थप समाचार
x