पर्यटन

भारतीय पर्यटकको संख्या बढ्यो, आठ महिनामा भित्रिए ७ लाख बढी पर्यटक

इकागज |
भदौ १७, २०८१ सोमबार १२:६ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- ८ महिनामा ७ लाख २० हजार ३३४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगष्टमा मात्र ७२ हजार ७१९ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

यससँगै सन् २०२४ को ८ महिनामा सो संख्यामा पर्यटक आएको तथ्यांकले देखाएको छ । मार्च महिनामा सबैभन्दा धेरै १ लाख २८ हजार १६७ जना पर्यटक आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । जुलाईमा सबैभन्दा कम ६४ हजार ५९९ पर्यटक आएको बोर्डको तथ्यांकमा देखिन्छ ।


भारतबाट २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलंका ४ हजार ८५१ र बंगलादेशबाट ३ हजार ७७ जना पर्यटक भित्रिएका छन् ।

सन् २०२४ को कुन महिनामा कति पर्यटक आए ?

जनवरी : ७९,१००

फेब्रुअरी : ९७,४२६

मार्च : १,२८,१६७

अप्रिल : १,११,३७६

मे : ९०,२११

जुन : ७६,७३६

जुलाई : ६४,५९९

अगष्ट : ७२,७१९

 


Author

थप समाचार
x