पर्यटन

विश्व पर्यटन दिवसको अवसरमा स्पा संघ नेपालले गर्‍यो रक्तदान

इकागज |
असोज ११, २०८१ शुक्रबार २२:२ बजे

काठमाडौँ- ४५ औँ विश्व पर्यटन दिवसको अवसरमा स्पा संघ नेपालले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

शुक्रबार ठमेलमा आयोजित रक्तदान कार्यक्रममा सहभागी १६ जनाले रक्तदान गरेको संघका सचिव रामदेव महत्तोले जानकारी दिए । उनका अनुसार ९ जना पुरुष र ७ जना महिला रहेका थिए ।


संघले वेलनेस पथ भन्ने नाराको साथमा विभिन्न कार्यक्रम आयोजना गरेको थियो । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाको उपस्थितिमा र विनोद श्रेष्ठको संयोजकत्वमा उक्त कार्यक्रम भएको थियो ।

त्यसैगरी ठमेल पर्यटन विकास परिषद्का सदस्य अमृत थोकर र सुरेश पुरीको पनि उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x