पर्यटन

भोलिदेखि देशभरका विमानस्थल बिहान साढे ४ बजेदेखि खुला हुने

इकागज |
असोज १६, २०८१ बुधबार १६:२ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- भोलिदेखि काठमाडौँबाहिरका आठ वटा विमानस्थल (घटस्थापनादेखि कोजाग्रत पूर्णिमा) सम्म बिहान साढे ४ बजेदेखि राति १२ बजेसम्म खुला हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक तथा सहप्रवक्ता ज्ञानेन्द्र भूलले बढ्दो हवाई चापलाई सम्बोधन तथा चाडवाडलाई लक्षित गरी काठमाडौँ बाहिरका विमानस्थल बिहान साढे ४ बजेदेखि खुला गरिने जानकारी दिए ।

आवश्यकता अनुसार थप अन्य विमानस्थलबाट उडान सञ्चालनममा ल्याइने उनको भनाइ छ । चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, पोखरा, नेपालगञ्ज र धनगढी विमानस्थल साढे ४ बजेबाट सञ्चालनमा आउने छन् ।


‘यसअघि काठमाडौँ बाहिरका विमानस्थल ६ बजेबाट सञ्चालन आउने गर्थ्यो,’ उनले भने,’ साढे ४ बजेबाट उडान गर्दा थप उडान गर्न सकिन्छ । चाडबापर्वबाट बढी उडानको माग हुन्छ र अर्को भनेको बाढीपहिरोले सडक अवरुद्धले पनि थप उडानको माग भएको हो ।‘

बढ्दो हवाई यातायातको मागलाई सम्बोधन गर्न प्राधिकरणले बिहानदेखि खुलाउने निर्णय गरेको उनले बताए । ‘सडक यातायात अवरुद्ध भएको खण्डमा हवाई यातायातले त्यसको परिपूर्ति गर्नुपर्छ,’ उनले अगाडि थपे,’ हवाई यातायातले विषम परिस्थितिमा सेवा प्रवाह गर्छ । ‘

 


Author

थप समाचार
x