पर्यटन

थाइ एयर एशियाको आजदेखि थाइल्याण्डदेखि काठमाडौँ उडान सुरू

इकागज |
असोज १६, २०८१ बुधबार १६:३९ बजे

काठमाडौँ- पहिलोपटक थाइ एयर एशियाले थाइल्याण्डबाट काठमाडौँ उडान सुरु गरेको छ । बुधबार दिउँसो थाइल्याण्डबाट १५६ यात्रु लिएर काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक तथा सहप्रवक्ता ज्ञानेन्द्र भूलले आजबाट थाइ एयर एशियाले बैंककदेखि काठमाडौँको उडान सुरु गरेको जानकारी दिए ।


उनका अनुसार काठमाडौँमा साताको चारवटा उडान गर्छ । कात्तिक ११ बाट भैरहवाको विमानस्थलबाट चार उडान गर्ने योजना छ ।

थाइ एयर एशियाको उडान थप भएसँगै काठमाडौँ र थाइल्याण्डको उडान संख्यामा वृद्धि भएको भूलको भनाइ छ । हाल थाइ एयरवेजको १४ वटा, थाइ लाइन ७ वटा, नेपाल एयरलाइन्सको ३ र थाइ एयर एशियाको ४ वटा उडान हुने उनले बताए ।

दैनिक काठमाडौँदेखि थाइल्याण्डको चार उडान हुने उनले जानकारी दिए । सातामा बैंककको उडान २८ वटा हुने उनले उल्लेख गरे ।

भूलले नेपालको पर्यटन प्रवर्द्धन गर्न थाइ एयर एशियाको उडानले निकै महत्त्व राख्ने बताए । थाइ एयरले भैरहवा विमानस्थलदेखि चाँडै उडान भर्ने विश्वास राखेको उनको भनाइ छ ।

बुद्धको जन्मभूमिको प्रचारप्रसार हुने उनले विश्वास व्यक्त गरे । ‘काठमाडौँ र थाइल्याण्डको मात्र सम्बन्ध विस्तार नभइ यस उडानले भैरहवालाई समेत थाइल्याण्डसम्म जोड्नेछ,’ उनले भने,’ यसले बुद्धको जन्मभूमि रहेको पवित्र स्थानमा उडान सुरु गर्दा यहाँको प्रचारप्रसारमा सहयोग गर्नेछ ।‘

 

 

 

 


Author

थप समाचार
x