पर्यटन

मनकामना केबलकार असोज २९, ३० र कात्तिक १ गते बन्द हुने

इकागज |
असोज २८, २०८१ सोमबार १५:२ बजे

चितवन - मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ । मर्मत सम्भारका लागि यही असोज २९ गतेदेखि आगामी कात्तिक १ गते बन्द गरिने भएको हो । मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । 

उहाँका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ । यसअघि  विजया दशमीको दिन असोज २६ गते र  एकादशीको दिन २७ गते दुई दिन पनि  केबलकार बन्द थियो । आज एक दिन भने केबलकार सञ्चालन गरिएको छ । 


गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि  वि.सं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको  प्रवेशद्वार ‘बटम स्टेसन’ भने चितवनको  इच्छाकामना गाउँपालिका ४ चेरेसमा छ ।


Author

थप समाचार
x