पर्यटन

पर्यटन व्यवसायी मिश्रको निधन

इकागज |
कात्तिक ४, २०८१ आइतबार ११:४१ बजे

काठमाडौँ- पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन भएको छ । नर्भिक अस्पतालमा उपचारका क्रममा ७२ वर्षीय मिश्रको आइतबार बिहान निधन भएको परिवारिक स्रोतले जनाएको छ । डेंगु संक्रमण भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

मिश्रको शव अहिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि ललितपुर कुपोन्डोलस्थित उनकै निवासमा राखिएको छ ।  त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।


मुलुकको पर्यटन विकासका खातिर टेम्पल टाइगर ग्रुपका अध्यक्ष मिश्रले पाँच दशक भन्दा लामो समय योगदान गरेका थिए । मिश्रका श्रीमती र एक छोरा छन् ।


Author

थप समाचार
x