स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल 'द क्लिफ'मा
काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कुश्मा पुगेर साहसिक पर्यटनको दृश्यावलोकन गरेका छन् ।
सोमबार एक समूह सहित कुष्मा पुगेका मन्त्री पौडेलले द क्लिफ नेपालले सञ्चालन गर्दै आएको साहसिक पर्यटकीय खेलहरूको अवलोकन गरेका हुन् ।
सोमबार क्लिफ पुगेको मन्त्री पौडेलको समूहले मंगलबार बिहानको ब्रेकफास्ट गरेर फर्किएको क्लिफका अध्यक्ष राजु कार्कीले बताए ।
मन्त्री पौडेल ५ जनाको समूहसहित क्लिफ पुगेका हुन् ।
राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ ।
पछिल्लो समय एडभेञ्चर हबको रूपमा विकास हुँदै गएको द क्लिफमा साहसिक गतिविधि खेल्नका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् ।
द क्लिफमा विभिन्न मन्त्री तथा सरकारका पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधिहरूले समेत यसअघि अवलोकन भ्रमण गरिसकेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया