पर्यटन

पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै

इकागज |
पुस ३, २०८१ बुधबार ११:४५ बजे

सांकेतिक फोटो

पुस १० गतेदेखि पोखरामा बेलुन महोत्सव आयोजना हुने भएको छ। मंगलबार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले २५ डिसेम्बर २०२४ बाट पोखराको पामे क्षेत्रमा बेलुन महोत्सव गर्न लागिएको जानकारी दिएको हो।

पोखराको शाहसिक पर्यटनलाई नयाँ उचाईमा पुर्‍याउँदै अन्तर्राष्ट्रिय बेलुन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। महोत्सवबारे जानकारी दिँदै बेलुन नेपाल प्रालिका प्रवन्ध निर्देशक सविन महर्जनले नेपालमा शाहसिक पर्यटनलाई नयाँ उचाईमा पुर्‍याउन बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव गर्न लागेको बताए।


पर्यटन क्षेत्रलाई कोरोना महामारी पूर्वको अवस्थामा ल्याउन सक्रिय भूमिका खेल्ने विश्वासका साथ नेपालमा पहिलोपटक महोत्सव आयोजना गर्न लागेको बताए। ९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झन्डै दुई दर्जन बेलुनहरू पोखरेली आकाशको उच्च उचाइमा पुग्ने बताए।

महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नुका साथै शाहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखेको बताए। अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलमा संयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम लगायत विश्वका विभिन्न देशका प्रतिनिधित्व हुने जानकारी दिए। महोत्सवमा २५ वटा बेलुन उडाइने र ५ हजार फिटसम्म उडाइने जानकारी दिए। महोत्सवको बजेट ७ करोड अनुमान गरेको बताए।

उनले भने, ‘२५ वटा जति बेलुन उडाउँछौँ, त्यसमा ठूलो कमर्सियल साइजको १५ वटा जति हुन्छ। बाँकी मिनु बेलुनहरु छन्। ९ हजार फिट हाइटसम्म उड्छ। तर यो फेस्टिबलको लागि क्यानबाट ५ हजार फिटसम्म अप्रुभल दिएको छ। यसको बजेटिङ हाम्रो ७ करोड रहेको छ। बाइएयर बेलुन ल्याउँदा बजेट महँगो भयो।’

४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमश्रृङ्खालासहित माछापुच्छ्रे र धौलागिरीका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिने आयोजकले बताएको छ। कार्यक्रमको ब्राण्ड एम्बेसडरका रुपमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की छन्।

सन् १९७२ मा संयुक्त राज्य अमेरिकाबाट शुरु भएको अल्बुकर्क इन्टरनेशनल बेलुन फेस्टिबल अहिले विश्वभर विभिन्न देशमा आयोजना भइरहेका छन्।


Author

थप समाचार
x