पर्यटन

डोल्पाको मसिनेचौर विमानस्थल अझै सञ्चालनमा आएन

इकागज |
माघ १९, २०८१ शनिबार १७:२७ बजे

फाइल फाेटाे

काठमाडौं - तीन वर्ष अघि निर्माणकार्य सम्पन्न भएको डोल्पाको मसिनेचौर विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । 

त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ पहाडामा रहेको उक्त विमानस्थलको कालोपत्रे लगायत पूर्वाधार निर्माणको काम २०७८ सालमै सकिए पनि अझै सञ्चालनमा आउन सकेको छैन । 


मसिनेचौर विमानस्थल २०५१ सालमा शिलान्यास भएर ०५२ साल देखि निर्माण सुरु भएको थियो । जहाज चढ्ने आसामा रोपनी जग्गा बिमानस्थललाइ दिएका पहाडाबासीले २९ वर्ष पर्खदा पनि जहाज देख्न अझै पाएका छैनन् ।

तत्कालीन जिल्ला विकास समितिका सभापती स्वर्गीय ओमबहादुर बुढाले शिलान्यास गरेको उक्त बिमानस्थल निर्माणकालागि हालसम्म राज्यको २८ करोड ६० लाख खर्च भइसकेको छ । विमानस्थल सञ्चालनका लागि आवश्यक सम्पुर्ण पुर्वाधार निर्माणको काम भइसकेकाले जतिसक्दो छिटो परीक्षण उडान स्थानीयको माग छ ।

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उडड्यमन्त्री सुदन किँरातीले दुइ पटक परीक्षण उडानको मिति तोके पनि उडान नभएको डोल्पालीको गुनासो छ । निर्माण पुरा भएको लामोसमय बितिसक्दा पनि जहाज नआए पछि राज्यको करोडौँ लागनी भएको मसिनेचौर विमानस्थलका भौतिक संरचना जीर्ण बन्न थालेका छन् । 


Author

थप समाचार
x