पर्यटन

उडान सूचना र सर्च एण्ड रेस्क्यु क्षेत्र स्थापना गर्न कतारलाई आईकाओको सहमति

इकागज |
असार ३०, २०७८ बुधबार १८:२३ बजे

काठमाडौँ : अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले दोहा उडान सूचना क्षेत्र (एफआईआर) र दोहा सर्च एण्ड रेस्क्यु क्षेत्र (एसआरआर) स्थापना गर्न कतार सरकारलाई सैद्धान्तिक सहमति दिएको छ । कतार सरकारले आईकाओसँग सहमति माग्दै आएको थियो । यसले कतारलाई आफ्नो छुट्टै एअर स्पेस र सूचना प्रणाालीको अवसर  मिलेको हो ।  

आईकाओको सहमतिसँगै कतारले आफ्नो सार्वभौम एयरस्पेस र क्षेत्रीय एयरस्पेसको सुरक्षा एवं दक्षताका स्तरमा वृद्दि गर्नुका साथै उच्च समुद्री तटमा रहेको अन्य अन्तर्राष्ट्रिय एयरस्पेस समावेश गरी आफ्नो क्षमता बढाउन पाउने भएको छ । 


आईकाओ काउन्सिलको २ सय २३ औं बैठकले कतार सरकारको प्रस्तावलाई अनुमोदन गरेको हो । आईकाओले कतारले गरेको प्रस्तावलाई सिकागो कन्भेन्सनले तय गरेको अनुच्छेद नम्बर एक तथा काउन्सिल महासभाको रिजोलुशन ४० को ४ ले दिएको अधिकार प्रयोग गरेर अनुमोदन गरेको जनाएको छ । 

यस प्रस्तावमार्फत कतारले यस क्षेत्रकै हवाइ उडानलाई सुरक्षित तथा दिगो बनाउने उद्देश्य लिएको छ । जसले विश्वकै हवाइ क्षमता विस्तार तथा विकास गर्न मद्दत पुग्‍ने विश्‍वास आईकाओले लिएको छ । यसको अलावा आईकाओले हवाइ उडान तथा हवाइ क्षेत्र सुरक्षित गर्ने विषयलाई देशहरूबीचको आपसी सम्बन्ध, सहकार्य तथा सम्मानमा समेत निर्भर रहने बताएको छ । साथै प्राविधिक रूपमा समेत यो प्रस्तावको परीक्षण गरिने कुराको विश्‍वास आईकाओले दिलाएको छ । 

कतार हवाइ उडान क्षेत्रको सुरक्षा, एयर ट्राफिक नियन्त्रण तथा सेवा सुविधा प्रदान गर्न सक्षम रहने/नरहने विषयको जाँच गरिने आईकाओले बताएको छ । साथै आईकाओले बहराइनले दशकौंदेखि सुरक्षित हवाइ उडान सञ्‌चालन गरिरहेको स्वीकारेको छ । आईकाओले बहराइन र कतार सँगसँगै अन्य छिमेकी राष्ट्रलाई वार्ता र सहकार्यको माध्यमबाट हवाइ क्षेत्र सुरक्षामा सजक रहन आह्वान गरेको छ । 

कतार सरकारले आईकाओमा सदस्य रहेका सबै राष्ट्रहरूको असाधारण सहयोगका कारण कतारले हिम्मत गर्न सकेको बताएको छ । यातायात तथा सञ्चारमन्त्री जासिम विन सैफ अलसुलैतीले कतारको प्रस्तावमा कतार मात्रै नभएर गल्फ मुलुकहरूकै फाइदा रहेको बताए । उनले कतारले सिकागो सहमति तथा आईकाओ काउन्सिल रिजाेलुशनको सम्मान गर्दै हवाइ क्षेत्र सुचना तथा खोजी र उद्दार क्षेत्र स्थापना कार्यलाई प्राथमिकता दिने पनि बताए । 


Author

थप समाचार
x