फिटोफ र होमस्टे अधिवेशन चैत दोस्रो साता
फिटोफ-र-होमस्टे-अधिवेशन-च
काठमाडौँ : पर्यटन क्षेत्रका दुई अगुवा संस्था गाउँ पर्यटन प्रवद्र्धन मञ्च फिटोफ र घरबास कार्यक्रम ‘होमस्टे’ को अधिवेशन तथा निर्वाचन आगामी चैतको दोस्रो साता हुने भएको छ ।
भिटोफको २४औँ वार्षिक साधारणसभा तथा निर्वाचन आगामी चैत ११ गते काठमाडौँमा हुने भएको छ भने होमस्टेको केन्द्रीय महाधिवेशन पनि आगामी चैत ११ देखि १३ गतेसम्म बाँकेमा आयोजना हुने विज्ञप्तिमार्फत जनाइएको छ । भिटोफको हालैको बैठकले चैत ११ गतेका लागि साधारणसभा तथा नयाँ निर्वाचनका लागि मिति घोषणा गरेको संस्थाका महासचिव जस्फा पाण्डेले जानकारी दिए ।
अघिल्लो वर्ष हुनुपर्ने भिटोफको साधारणसभा कोभिड–१९ महामारीका कारण स्थगित भएको थियो । यता होमस्टेको केन्द्रीय महाधिवेशनको मिति घोषणा भई अधिवेशनको आवश्यक तयारीमा जुटेको संस्थाले जनाएको छ । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया