सप्ताहन्त

‘कान्छा महारानी’ अर्थात जंगबहादुरको उदय

चिरञ्‍जीवी मास्के |
चैत २८, २०७७ शनिबार ११:४३ बजे

आज फेरि एकपटक इतिहासको कलेवर मेरो मानसपटलको पत्रपत्र उधिनेर उन्मुक्तिको अवसर कुरिरहेझैँ लाग्दै छ । शीवा शाहको लेखनी तथा सगुना शाहद्वारा अनुवादित ‘कान्छा महारानी’ स्मरण गरिरहँदा म इतिहासको भण्डारखाल पर्व र कोतपर्वको परिक्रमा गरिरहेको थिएँ ।

सायद कक्षा ८ को इतिहास विषयमा हुनपर्छ । १२/१३ वर्षको उमेरमा रहर या उत्सुकताले हैन बाध्यताले उधिनेको भण्डारखाल पर्व र कोतपर्व एउटा अनुपम सत्यकथाको रुपमा मैले सधैं स्मरण गरिरहने विषय थियो । नढाँटी भन्छु, त्यसैको कारण पनि इतिहास विषय मलाई औधी मन पर्ने विषय बनेको हो । तर त्यतिबेला मैले माध्यमिक तह (कक्षा ९ र १०) मा इतिहास विषयलाई निरन्तरता दिन सकिनँ । किनभने मलाई एसएलसी परीक्षामा राम्रो अङ्क ल्याउनु पर्ने बाध्यता र लालसा दुवै थियो । त्यसैले मैले वैकल्पिक विषय गणितलाई रोज्‍नु पर्‍यो । 
कक्षा ८ तिर पढेको इतिहास विषय र त्यतिबेला बाध्यताले उधिनेको भण्डारखाल पर्व र कोतपर्वका धेरै पात्रहरूको नाम त मलाई याद थियो तर उनीहरूको नाम याद हुनुको कारण थाहा थिएन । राजेन्द्र लक्ष्मी (राज्य लक्ष्मी), राजेन्द्र विक्रम शाह, साम्राज्य लक्ष्मी, सुरेन्द्रविक्रम शाह, भीमसेन थापा, जंगबहादुर (वीरनरसिंह कुँवर), गगनसिंह वस्नेत, माथवरसिंह थापा, फत्तेजङ, रणजङ पाण्डे आदि नामहरू इतिहासमा पटक-पटक पढिने नामहरू थिए । 


इतिहासको चासो र ३३/३४ वर्ष अघिको इतिहास विषयको धङधङिनै हुनुपर्छ ‘कान्छा महारानी’ प्रतिको लगाव । इतिहासको एउटा कालखण्डको कथा उधिनेको ‘कान्छा महारानी’ वास्तवमै उत्कृष्ट छ । कान्छा महारानीको रुपमा राजेन्द्र लक्ष्मीको उदय र अन्त्यको मार्मिकतालाई शीवा शाहले उपन्यास हैन इतिहासको तथ्य वर्णन बनाएकी छन् । सगुना शाहको कलात्मक अनुवादले कथालाई वास्तविकताको निकट पुर्‍याएको छ । 

‘कान्छा महारानी’ पढेपछि थाहा पाएँ, एक सय चार वर्षसम्म मुलुकमा एकछत्र निरंकुश शासन चलाउने  राणाहरूको उदय त कान्छा महारानी अर्थात राजेन्द्रलक्ष्मी शाहको सुषुप्त यौवन र यौन आकर्षणको परिणाम पो रहेछ । हात्ति जुधाइमा उग्र बनेको इरावत हात्तिलाई बसमा पारेर जंगबहादुर बनेका थिए बाल नरसिंहका छोरा वीर नरसिंह कुँवर । कुँवरको बहादुरी देखेर राजेन्द्रविक्रम शाहले तोपखानाको कप्तानीसहित ‘जंग’ नाम दिएका हुन् । उनै जंगले, जंगबहादुर बनेर नयाँ इतिहास रचे । बाल नरसिंह खानदानी नै भएपनि ऋणका कारण भौतारिएका वीर नरसिंह बनारस हुँदै दरबारको शरणमा आएका थिए , जहाँबाट उनी जङ्गबहादुर बनेर निस्किए ।  

माया, प्रेम, यौवन, यौन, कुण्ठा यी शब्दहरू सुन्दा जति सरल र छरिता लाग्छन् यिनका परिभाषा र व्यवहारिक प्रयोग त्यतिनै जटिल । राजेन्द्रविक्रम शाहको आकर्षण र प्रेम जेठी महारानी साम्राज्य लक्ष्मी शाह प्रतिमात्र कायम रहनुको परिणाम पनि हो, जंगबहादुरको उदय । 
कान्छा महारानीको रुपमा खोपीमै कैद बनेर यौन कुण्ठा दबाउन गरिएको सारा प्रयत्न विफल बनेपछिनै हो राजेन्द्र लक्ष्मीले जंगबहादुरको आत्मीयता र स्पर्श स्वीकार गरेको । राजेन्द्रलक्ष्मीलाई के थाहा जंगबहादुरको भोक यौनको हैन, सत्ताको हो । सत्ताको भर्‍याङ बनाउन जंगबहादुरले राजेन्द्र लक्ष्मीको हातमा चुम्बन गरेर यौन उन्मादमा उर्जा भरिदिएका भने पक्कै हुन् । 

राजेन्द्रलक्ष्मीको चाहना र आफ्नो सत्ता प्राप्तिको दरिलो माध्यम गगनसिंह वस्नेतलाई ठानेका जंगबहादुरले आफ्नो भाषिक कौशल देखाउँदै गगनसिंहलाई मदहोस बनाए । गगनसिंहको मदहोसी र राजेन्द्रलक्ष्मीको यौन कुण्ठानै अन्तमा राजदरबारको विनाश र राणा शासनको उदयको कारक बनिदियो । आफ्नो प्रेमी गगनसिंह वस्नेतको हत्या पछि घायल बनेकी राजेन्द्रलक्ष्मीको यही कमजोरीको जगमा जंगबहादुरले राणा शासनको सूत्रपात गरे ।

गगनसिंहको मदहोसी र राजेन्द्रलक्ष्मीको यौन कुण्ठानै अन्तमा राजदरबारको विनाश र राणा शासनको उदयको कारण हो । आफ्नो प्रेमी गगनसिंह वस्नेतको हत्या पछि घायल बनेकी राजेन्द्रलक्ष्मीको यही कमजोरीको जगमा जंगबहादुरले राणा शासनको सूत्रपात गरे ।

‘कान्छा महारानी’मा राजेन्द्रलक्ष्मीको सत्ता आरोहण र अन्त्यको वर्णन छोटो छ । तर इतिहासको अध्य्यनले देखाउँछ, पृथ्वी नारायण शाहको एकीकरणलाई अटल राख्न उनले देखाएको चातुर्य प्रशंसनीय छ । हातमा नाङ्गो तरबार लिएर घोडचढीसहित राजेन्द्रलक्ष्मीको सवारी हुँदा जनतामा देखिएको उत्साहले उनको राष्ट्रप्रतिको सर्मपण भाव तथा जनताप्रतिको आत्मियता पनि प्रकट हुन्छ । आफ्नो दिदी बडामहारानी साम्राज्यलक्ष्मीले फिरङ्गीलाई सधै शत्रुको आँखाले हेरेकी थिइन । फिरङ्गीप्रति राजेन्द्र विक्रमको नरमपनमा साम्राज्यलक्ष्मी कायरता देख्थिन । राजेन्द्रलक्ष्मी पनि फिरङ्गीको नेपाललाई हेर्ने दृष्टिप्रति सन्तुष्ट पक्कै थिइनन् तर उनको प्रस्तुतिमा मिठाससँगै राजनीति थियो ।  

साम्राज्यलक्ष्मीको टोकसो र सुरेन्द्रविक्रम शाहको षडयन्त्रलाई समेत लामो समय थेग्‍न सक्ने राजेन्द्र लक्ष्मीको ताकत वास्तवमै महिलाहरूको लागि शक्ति आर्जनको एउटा दरिलो स्रोत बबन्‍न सक्छ । ‘कान्छा महारानी’मा धेरै कुरा छन् । यहाँ राजनीतिको लागि उर्जा छ, काम गर्नेलाई उत्साह छ, अनपढका लागि उपदेश छ र र सँगसँगै  छ जंगबहादुरको उदयको आँखीझ्याल ! 

कति कुटिल छन् जंगबहादुर ? धैर्य छ उनमा, बुद्धि र विवेक पनि छ । अनपढ र मूर्ख उपमा पाएका जंगबहादुरको शक्ति आर्जनका स्रोत यही दुई कुरा नै त थिए । साम्राज्यलक्ष्मीको अन्त्यसँगै सत्तामा विराजमान राजेन्द्रलक्ष्मी र युवराज सुरेन्द्र विक्रमबीचको द्वन्द्वमा दुवैको विश्वास आर्जन गर्न जंगबहादुरको बहादुरी र निरक्षरताले पनि सहयोग पुगेको देखिन्छ ।

निरक्षर र मलिन देखिने जंगबहादुरबाट राजेन्द्र लक्ष्मी प्रभावित बनिन् । उनले जंगबहादुरमा रहेको कुटिलता कहिल्यै पहिल्याउन सकिनन् । अनि आफ्नो मनोरञ्जनको लागि अँध्यारो इनारमा फाल हाबन्‍न सक्ने निडर जंगबहादुरबाट प्रभावित बने सुरेन्द्रविक्रम । जंगबहादुरको बारेमा अरु धेरै किस्सा प्रचलित छन् । धरहराबाट घोडासहित फाल हानेको, बेलायत यात्राको क्रममा रमितेहरूलाई सिक्का फालिदिएको र त्यही पछि टिप्सको रुपमा चल्तीमा रहेको, बेलायतका कलगर्लसँग महिनांै रमाएर बसेको आदि आदि । अनि जंगबहादुरले बेलायत यात्रा पछि नेपालमा छापाखाना भित्रिएको, अन्य धेरै सुधारका कामहरू गरेको विषय पनि अहिलेसम्म चर्चाको विषय बबन्‍ने गरेका छन् ।

‘कान्छा महारानी’सँग घोत्लिँदा मलाई जंगबहादुरको उदयले निक्कै रोमाञ्चित बनाउँछ । यौवनको एउटा झिल्काले कसरी सिंगो वंशलाई नै आघात पारिदिएको छ । राजेन्द्र विक्रमको ध्यान राजेन्द्रलक्ष्मी तिर गएको भए, साम्राज्य लक्ष्मीको व्यवहार सरल र सहज बनिदिएको भए, राजेन्द्र लक्ष्मीले जंगबहादुरको कुटिलता र सत्ता मोहको बारेमा चाल पाएको भए, आफ्नो छोरा रणेन्द्रलाई शासक देख्‍ने चाह राजेन्द्र लक्ष्मीमा नआइदिएको भए ? ‘कान्छा महारानी’ले उठाएका सवालहरू हुन् यी । सायद यो सबैकुरा नभैदिँदो हो त भण्डारखाल पर्व र कोतपर्व नै हुने थिएन र ‘कान्छा महारानी’को तानावाना नै बुनिने थिएन् । अर्थात ‘कान्छा महारानी’नै तयार हुने थिएन ।

निरक्षर र मलिन देखिने जंगबहादुरबाट राजेन्द्र लक्ष्मी प्रभावित बनिन् । उनले जंगबहादुरमा रहेको कुटिलता कहिल्यै पहिल्याउन सकिनन् । 

जंगबहादुरले फत्तेजङसहित दर्जनौंलाई खुकुरीले छप्काएको मात्र हैन आफ्नै मामा माथवरसिंह थापाको हत्या गरेको पनि राजेन्द्रलक्ष्मीको यौवनको उन्माद र त्यसले तरङ्गित बनाएको मनको मैदानमा फन्को मारेरै नै हो । यो तथ्यलाई इतिहासले कसरी बुझाउँथ्यो भबन्‍न सकिबन्‍न, तर ‘कान्छा महारानी’ले निक्कै कलात्मक ढङ्गले अर्थ्याउन सकेको छ यी तथ्यलाई । 

पढ्ने लत कक्षा ८ को पाढ्यक्रममा रहेको इतिहास विषयले बसाइ दियो मलाई । त्यतिबेलाको १३/१४ वर्षको बालसुलभ मस्तिष्कले इतिहासको जटिलतालाई उधिबन्‍न नसकेरै प्रकाश कोविदको ‘अर्को जन्म’, ‘देवता’, पारिजातको ‘शिरीषको फूल’, शिवकुमार राईको ‘डाक बंगला’, युधिर थापाको ‘लुकेको समाज’, ‘निलो चोली’ जस्ता प्रेमिल पुस्तकले समय खाए । अहिले त्यहि इतिहासलाई कथ्यमा उतारिएको ‘कान्छा महारानी’ले मोहित बनाएको छ । 

जंगबहादुरको उदयले एउटा त्रास मेटाएर अर्को त्रास जन्मायो । राजपरिवारमा जन्मिएका बहुलठ्ठी सुरेन्द्र विक्रमको रोमाञ्चले निर्दोषको ज्यान मात्र लिएन युवतीहरूको चीरहरणसमेत भयो । कसले कतिबेला कुन गतिले मृत्युवरण गर्नुपर्ने हो स्वयम् चित्रगुप्त या यमराजलाई पनि थाहा हुँदैन थियो होला त्यतिबेला । सुरेन्द्रको बहुलठ्ठीपनाकै बीचमा उदय भएका जंगबहादुरले पनि एक सय चार वर्ष त्यस्तै त्रास, अपमान र हिनताबोधमै जनतालाई पिल्साउदै क्रुर शासन गरेका हुन् । आहा ! कति मिठो लेखनी शीवा शाहको अनि कति उत्कृष्ठ अनुवाद सगुना शाहको ‘कान्छा महारानी’मा । शाह र राणाको इतिहास ‘कान्छा महारानी’मा पढेको हैन स्वयम् भोगेको आभाष मिल्ने ।


Author

थप समाचार
x