कथा
छुटेको डायरी
स्थानीय समयअनुसार दिउँसोको ठीक एक बजेको थियो । निकोलाले घ्याच्च मेसिन रोकेर हामीलाई 'एला रे ब्वाइज‚ नास्तामातिसेइ (आओ केटा हो‚ बन्द गरौं) ।' भन्दै करायो र हातले खाना खाने समयको सङ्केत गर्यो । भोकले रन्थनिएको हारीको चेहरा एकाएक चम्कियो । मैलेचाहिँ त्यहाँको कामको तौरतरिका देखेर भोक नै बिर्सिएको थिएँ ।
हारीले फ्रिजबाट ऊ र म दुवैजनाको निम्ति खाना र जुस निकालेर ल्यायो । शरणार्थी र आप्रवासीको अधिकार तथा मानवोचित व्यवहारसम्बन्धी नारा छापिएका सुन्तले रङका टिसर्टहरू एकातिर पन्छाएर हामी खाना खान बस्यौं । निकोला मास्त्रो उसको नीरपानी रङको ट्रक कुदाएर लञ्च खान घर हिँड्यो ।
'देखना मीका भाइ‚ ए साला कुत्रियाँ पन्ध्र मिनटमे ही वापस आजाएगा (देख्नुहोला मीका दाजु‚ यो साले पन्ध्र मिनेटमै फर्केर आइहाल्नेछ) ।' हारीले कुखुराको साँप्रो लुछ्दै सडकमा गइरहेको निकोलातिर हेरेर थप्यो‚ 'ए साला मास्त्रो भि ना उसकी मालकिनका चम्चा है । चुडैलकी बच्ची हारूल्ला आज जब आएगी देखना मै अभि केहे देता हुँ व आपको जरुर तख्ता साफ करनेको चिल्लाएगी‚ हरामजादी (यो साले मास्टर पनि उसकै मालिक्नीको चम्चा हो ।
चुडेलकी बच्ची हारूल्ला आज जब आउँछे देख्नुहोला म अहिल्यै भन्दिन्छु उसले आज तपाईंलाई पक्का पनि आल्मारी सफा गर्न भनेर कराउनेछ‚ हरामिनीले) ।' 'क्युँ‚ तुमको कैसे पता (किन‚ तिमीलाई कसरी थाहा भयो) ?' मैले उत्सुकतापूर्वक उसलाई सोधें ।
'व मुझे कबसे केहे रही थी । मास्त्रो ने कामका प्रेसर दिखाकर बादमे करनेको बोल रहा था (उसले मलाई कहिलेदेखि भनिरहेकी थिई । मास्टरले कामको चाप देखाएर पछि गर्ने भनिरहेको थियो) ।' यति भनेर उसले रोटीको अन्तिम बुजो मुखमा हाल्यो । नभन्दै मास्त्रो 'दाक्सी रे ब्वाइज् (ठीक छ नि केटा हो) ?' भन्दै एकछिनमै भित्र पस्यो र सायद फ्रेस हुन माथि बाथरुममा उक्लियो ।
सबै कुरा नौला लागिरहेकाले मेरो खाना खाने गति पनि धिमा थियो । हारी कतिखेर खाइसकेर पनि मुख चुठेर आइसकेछ । सुर्तिमा चुना राखेर मल्दै हारी करायो‚ 'मीका भाइ‚ जल्दी खाओ । मैने कहा ना, ए मास्त्रो हारूल्लाका चम्चागिरी कर्ता है (मीका दाजु‚ छिटो खानुस् । मैले भनें नि मास्टर हारूल्लाको चाकरी गर्छ) ।'
फेरि उसले भन्यो‚ 'आपको पता है ? कुछ महिने पेहेले भि यहाँ एक नेपाली बन्दा काम करता था । उम्र मे मेरे समान था पर बहुत कम बोल्ता था । बादमे बिनाजानकारी काम पे आना छोडदिया‚ कमिना (तपाईंलाई थाहा छ ? केही महिना पहिले पनि यहाँ एक नेपाली केटा काम गर्थ्यो ।
उमेरमा मेरै समानको थियो तर एकदमै कम बोल्थ्यो । पछि केही पनि नभनी काममा आउन छोडिदियो' फटाहा) ।' उसको अनुहारमा त्यस नेपाली केटाले काम छोडेपछि सारा काम एक्लैले गर्नुपरेको दिक्दारी झल्कियो । हारी आफ्नै सुरमा अरू केके बोलिरहेको थियो । कतिखेर हारूल्लाको उसकै कलेटी परेका ओठजस्तो फुङ्ग रङ उडेको हरियो फुस्रो कार घ्याच्च फ्याक्ट्री अगाडि रोकिइसकेको रहेछ ।
हारीलाई कागजहरू काट्ने टेबुलमा बसेको देखेर बूढी राँक्किई‚ 'हारी‚ गेट डाउन‚ इफ यु ब्रेक द्याट ग्लास आइ विल कट योर टु मन्थस् स्यालरी (हारी‚ तल झर्‚ यदि तैंले त्यो सिसा फुटाइस् भने म तेरो दुई महिनाको ज्याला काट्छु) ।' र मतिर प्रश्नसूचक तीखा नजर फ्याँकी‚ 'गुम्बा रे‚ फिनिस् क्विक्ली । यु सुड ह्याभ टु क्लिन द्याट आल्मिरा (ए ठिटा‚ छिटो खा । तैंले त्यो आल्मारी सफा गर्नुछ) ।'
हरीले 'देख्नु'भो त‚ मैले भनेकै थिएँ नि ।' भनेजसरी मतिर हेर्यो र काममा लाग्यो । निकोला मास्त्रो तल झरेपछि कालो कागजमा सुर्ती बेरेर थुकले ल्याप्प बेर्दै हारूल्लाले उसलाई ग्रीक भाषामा केके कुरा सम्झाई । मेरो काम कस्तो छ भनी सोधेकी पनि थिई किनभने निकोलाले 'आर्केता कालो' (ठीकठिकै) भनेको मैले सुनेंबुझें । त्यसपछि एक्कैछिनमा ऊ चुरोटको सर्को उडाउदै कार हाँकेर बेपत्ता भई ।
निकोलाले मलाई आल्मारीको नजिक लगेर त्यहाँ भएका कुनकुन चिजहरू कहाँकहाँ राख्ने र कसरी मिलाउने भनेर सिकायो र 'दाक्सी?' (हुन्छ?) भनेर आफ्नो काममा लाग्यो । भने जसरी काम भएन भने हारूल्ला र ऊ मिलेर सायद मलाई गाली गर्छन् होला भनी खुब होसियार हुँदै मैले तख्ताबाट एकएक गरी सामान झिक्दै र तह लगाउँदै गएँ, प्रिन्ट बिग्रेका टिसर्टहरू-झोला-ज्याकेट अनेकानेक सामानहरू थिए, माकुराको जालो थियो‚ धुलोको पत्रैपत्र ।
कुनाको ठूलोचाहिँ तख्तामा बाक्ला न बाक्ला ज्याकेटहरू थिए, ठन्डीयाममा डेलिभरी ब्वाइहरूले लगाउने प्रिन्ट बिग्रिएका न्याना लङ ज्याकेटहरू रहेछन् । मलाई असिनपसिन भएको देखेर निकोलाले हारीलाई सघाउन पठायो ।
ज्याकेट झिक्दै गर्दा खत्रक्क गरेर एउटा डायरी भुइँमा झर्यो । तल खसेर पल्टेको डायरीमा नेपालको नक्सा देख्ने बित्तिकै मेरो राष्ट्रप्रेम उर्लेर आयो र चिच्च्याएँ‚ 'अरे यसमा त नेपालको नक्सा छ !'
'जी‚ क्या कहा (हजुर‚ के भन्नुभो) ?' हारीले नबुझेर मतिर हेर्यो ।
'इस मे तो नेपालका नक्सा है !' मैले फेरि भनेँ, यसपटक हिन्दीमा ।
मैले सम्झिएँ पाँच जना बस्न भनी भाडा सम्झौता गरिएको फ्ल्याटमा दश-पन्ध्र-बीस जति सकिन्छ कोचिएर बस्ने हामी आप्रवासी विद्यार्थीहरूलाई, अनि त्यस्तोमा कहाँ हुन्छ प्राइभेसी !
'ए डायरी वही सनोजका होगा । लञ्च टाइम पे खानापिना छोडेके ना जाने व बन्दा क्याक्या लिखकर बैठता था । बोल्ता था‚ 'फ्ल्याट मे प्राइभेसी नहीँ है इसीलिए यही लिखता हुँ‚ डायरी भि यही छोड्ता हुँ (यो डायरी त्यही सनोजको हुनुपर्छ । खाना खाने समयमा खानै छोडेर त्यो केटो केके लेखिबस्थ्यो । भन्थ्यो‚ 'फ्ल्याटमा गोपनीयता छैन त्यसैले यहीँ लेख्छु र डायरी पनि यहीँ छोड्दिन्छु') ।'
मैले सम्झिएँ पाँच जना बस्न भनी भाडा सम्झौता गरिएको फ्ल्याटमा दश-पन्ध्र-बीस जति सकिन्छ कोचिएर बस्ने हामी आप्रवासी विद्यार्थीहरूलाई, अनि त्यस्तोमा कहाँ हुन्छ प्राइभेसी !
क्या लिखा है मीका भाइ (के लेखेको छ मीका दाइ) ?' हारीले सोध्यो ।
'भाइ पेहेला पन्ना मे तो सिर्फ उसका नाम पता है जो तुम खुद भि पढ सक्ते हो (भाइ पहिलो पानामा त केवल उसको नाम ठेगाना लेखेको छ त्यो त तिमी आफै पनि पढ्न सक्छौं नि) ।' मैले हाँस्दै भनें ।
'मुझे हिन्दीवाली स्क्रिप्ट पढ्ना नही आता सिर्फ बोल सक्ता हुँ (मलाई हिन्दी भाषा लेखिने लिपि पढ्न आउँदैन बोल्न मात्रै सक्छु) ।' हारीले केही लजाएजस्तो गरी भन्यो । हारीको कुराले मलाई फेरि अचम्ममा पार्यो कस्तो अचम्म हिन्दी
भारतको राष्ट्रभाषा भइकन पनि उक्त भाषा लेखिने देवनागरी लिपि पढ्न नजान्ने मानिसहरू पनि हुँदारहेछन् ।
'बोलो त सही क्या लिखा है (पढ्नुस् न भनेको के लेखेको छ) ?' हारीले कराएपछि मैले सस्वर पढें ।
नाम: सनोज जोशी
ठेगाना: पहलमानपुर‚ कैलाली
उमेर: २१ वर्ष
हाल : ट्राभल एण्ड टुरिज्म-ब्याचलर्स डिग्री‚ निकोसिया‚ साइप्रस
अस्थायी बसोबास: दिमित्री भिकेला स्ट्रिट‚ स्ट्रोभोलस‚ साइप्रस
पानाहरू फरर पल्टाएँ डायरी लगभग भरिएको थियो । हामीहरू गफिएको देखेर निकोला करायो 'गुम्बा रे '(ए ठिटा हो) ।'
झ्याप्प डायरी बन्द गरेर मैले झोलामा हालें ।
सनोजले डायरीमा के लेखेको होला ? आफू बस्ने फ्ल्याटमा गोपनीयता छैन भनेर यहीँ राखिछोडेको डायरीमा कस्तो रहस्य होला ? अहिले त्यो केटा कहाँ होला ? लञ्चपछिको समयमा काम गरिरहँदा मेरा मनमा यस्तैयस्तै प्रश्नहरूले घोचिरहे ।
के ममा डायरी पढ्ने कौतुक थियो ?
एउटा सानो सपनाको पछि लागेर यस बिरानामा आएको त्यस आम केटाले के नै पो लखेको होला र ? यदि केही रहस्यको कुरा थिएन भने सनोज किन फ्याक्ट्रीमै डायरी लेखेर त्यहीँ छोड्ने गर्थ्यो त ? जे होस् बसमा नै डायरीको स्क्यान गर्छु भन्ने सुरले मैले केही लामो रुटबाट लिद्रा निस्कने १२६ नम्बरको बसमा जाने निश्चय गरें किनकि त्यो बस सडकमार्गबाट टर्की अधीनस्थ साइप्रस प्रवेश गर्ने अन्तिम बिन्दुसम्मै पुगेर घुम्दैघुम्दै लिद्रा पुग्छ ।
बस चढ्ने बित्तिकै मैले डायरी निकालें । छेउको सिटमा नेपाली हाउसमेड केटी बसेकी रैछे, मैले नेपाली भाषाको डायरी निकालेर पढ्न थालेपछि मुस्काइ र 'नेपाली हो ?' भनेर सोधी जवाफमा मैले मुस्कानसहित मुन्टो हल्लाएँ 'हो' को ।
सारमा डायरी यस्तो थियो
दिनाङ्क १
. . .जापानको भिसा पनि लागेन, कन्सल्ट्यान्सीले लोलोपोतो लगायो । एक डेढ लाख जापानकै प्रोसेसमा खर्च भइसकेको थियो । 'ईयु कन्ट्री हो‚ सेन्जेन बन्ने प्रोसेसमा छ । साइप्रस स्टडी भिसामा गएपछि युरोपको जुनसुकै मुलुकमा क्रेडिट ट्रान्सफस गर्न सक्छौ वा भिजिट भिसामा सजिलैसँग युरोपको मुख्य भूमिमा रहेका मुलुकहरूमा जान सक्छौ । जापानको जस्तो लम्बेतान प्रोसेस छैन । न त गाउँ गएर डकुमेन्टस् बनाउनुपर्ने झन्झट छ न त स्पोन्सर नै राख्नुपर्ने । तिम्रै बैंक खातामा पन्ध्रसोह्र लाख पैसा देखाए पुग्छ ।'
. . . नराम्रोसँग फँसियो । आज यस्ती नर्कबाट फुत्केर आएकी पिचासनीजस्ती बूढीकोमा दिनमा आठ घण्टा घोटिएर जाबो पन्ध्र युरो कमाएर पेट पाल्नु परेको छ । त्यही पनि भिखारीलाई दान दिएजस्तो गर्छे यो घटीया बूढी पैसा दिनेबेलामा. . .
पहिलो दिनको डायरीमा त्यस्तो कुनै नौलो कुरा थिएन । सनोजले जे लेखेको थियो त्यो खासगरी दक्षिण एसियाबाट आउने सबै आप्रवासी विद्यार्थीको साझा समस्या थियो । तर हारूल्ला बूढीको चरित्र चित्रण गर्न उसले गरेका बिम्बहरूको प्रयोगले भने घत लाग्यो । हस्ताक्षर पनि त्यति राम्रा थिएनन् त्यसैले बरु विभिन्न स्टपहरूमा बसमा चढ्ने अनुहारहरूले मेरो ध्यान खिँचे । कोही श्रीलङ्काली‚ कोही फिलिपिनो‚ कोही नेपाली‚ कोही बङ्गलादेशी अनि कोही भियतनामी‚ पञ्जाबी त कतिकति, अनगिन्ति । साइप्रसको पब्लिक ट्रान्सपोर्ट यिनै वैधअवैध आप्रवासीले धानिएको छ‚ सिप्रोटहरू त ऐनमौकाले चढ्छन् सार्वजनिक सवारी ।
'यसरी काम गर्ने ठाउँमै लेखेर उतै लुकाउनु पर्ने के छ त त्यस डायरीमा ?' साँझमा डाक्टर लुकासको कक्षा लिई रहँदा यो प्रश्नले मलाई चिमोट्यो । 'आ‚ जे सुकै लेखिएको होस् आज म निकै थाकेको छु पढ्नेवाला छैन राति घरमा पुगेर ।' मैले आफ्नो मनलाई आफैले सान्त्वना दिएँ ।
'ने‚ पाराकालो' '(हजुर‚ स्वागतम्)'‚ बलिउड गायिका उषा उथ्युपको भन्दा पनि ठूलो गर्जन भएको नारीस्वरले उताबाट मलाई जवाफ दियो । मैले अङ्ग्रेजीमा जवाफ फर्काएपछि त्यस महिलाले पनि ग्रीक भाषा छोडेर अङ्ग्रेजीमै बोल्न थाली ।
सनोजको डायरी वाचनलाई निरन्तरता दिनुअघि म तपाईंलाई आफ्नो चिनारी दिन्छु । म हुँ उही सनोजजस्तै कन्सल्टेन्सीको भाउँतोमा लागेर युरोपको सपना देखी यो सानो टापु मुलुकमा हुत्तिन आइपुगेको एक गन्तव्यहीन पथिक । 'बाउन्न घुस्सा त्रिपन्न ठक्कर' नेपालमै खाएर नपुगी यहाँ आइपुगेको मूर्ख बुद्धिमान -यस कथाको सूत्रधार । ठूलै बिन्तिभाउ पछि एकजना नेपाली दाइले मलाई त्यस फ्याक्ट्रीमा कामदार चाहिएको छ भनी त्यस बूढीको फोन नम्बर दिएको थियो र मैले अलिक हल्लिखल्ली नहुने ठाउँमा गएर फोन लगाएको थिएँ त्यस नम्बरमा ।
'ने‚ पाराकालो' '(हजुर‚ स्वागतम्)'‚ बलिउड गायिका उषा उथ्युपको भन्दा पनि ठूलो गर्जन भएको नारीस्वरले उताबाट मलाई जवाफ दियो । मैले अङ्ग्रेजीमा जवाफ फर्काएपछि त्यस महिलाले पनि ग्रीक भाषा छोडेर अङ्ग्रेजीमै बोल्न थाली ।
उसैले दिएको ठेगाना मोबाइल एपमा पछ्याउँदै म भोस्पोरोउ-३३‚ एजियोस दोमितियोसको त्यस प्रिन्टिङ फ्याक्ट्रीमा पुगेको थिएँ, एउटा आप्रवासी विद्यार्थी कामदारका रूपमा । उसो त साइप्रसमा युरोपेली युनियन बाहेकका तेस्रो मुलुकका विदेशी विद्यार्थीले सामान्य दिनमा चार घण्टाभन्दा बढी काम गर्न पाउँदैनन् नियमअनुसार तर सरकारी नियमको कसले पालना गर्छ र यहाँ ? त्यस कठोर महिलाले मलाई पहिलो दिन नै उसकै ग्रीक लबजमा अलिअलि ग्रीक पनि मिसाउँदै अङ्ग्रेजीमा भनी‚ ‘आगरी मो आकुसेमी‚ तुमारो कम विथ योर वर्क परमिट एण्ड पिङ्क स्लिप । आइ विल पे यु ट्वान्टी युरो पर डे । योर वर्किङ आवर विल वि स्टार्ट फ्रम नाइन थर्ती एण्ड फिनिस्ड एट फाइभ थर्ती । इफ आइ आस्क्ड यु टु स्टे लङ आइ विल पे यु एक्ट्रा युरो ‘(केटा मेरो कुरा सुन्‚ भोलि तेरो काम गर्ने अनुमति पत्र र पिङ्क स्लिप (साइप्रस बसोबासको अनुमित कार्ड) लिएर आइज । म तँलाई दिनको बीस युरो दिन्छु ।
तेरो काम बिहान साढे नौ बजे सुरु भएर साँझ साढे पाँच बजे सकिनेछ ।
यदि मैले तँलाई अतिरिक्त समय काम गर्न भनें भने म तँलाई अतिरिक्त युरो दिनेछु) ।' त्यसपछि हाँडी घोप्टे भुँडीसम्मै छोइने गरिको क्रसको चिन्ह भएको लामो सुनको सिक्री लगाएको एकजना मोटेलाई देखाउँदै भनी‚ ‘निकोला इज योर मास्त्रो । हि विल किप योर डेली बुक् । यु मस्ट डु द्याट ह्वाटेभर हि आस्क यु टु डु‚ कातालाभिस् (निकोला तेरो मास्टर हो । तेरो हरहिसाब उसैले राख्नेछ । उसले जे भन्यो त्यो तैंले गर्नै पर्छ‚ बुझिस्) ?'
अँ‚ हरबखत हातमा चुरोटको खिल्ली पक्रेर तीखो धुँवा छोडिरहने त्यस महिलाको नाउँ हारूल्ला रहेछ । ‘कल मि हारूल्ला‚ नो माडाम‚ नो सिस्तर‚ दाक्सी ‘(मलाई हारूल्ला भनी बोलाउनू, मेडम पनि नभन्नू दिदी पनि नभन्नू‚ ठीक छ) ?‘ उसले भनी । हामी दक्षिण एसियालीहरूले महिलाहरूको उमेर वा औकातअनुसार दिदी/ बहिनी, आमा, काकी वा मेडम भनी बोलाउने सम्बोधन यसलाई मन पर्ने रहेनछ ।
हारूल्लाले त्यति भनेपछि मास्टरले मतिर हेरेर हात हल्लाउँदै 'हालो' भन्यो, जवाफमा म मुस्काएँ । ग्रीक भाषामा नजाने केके अनि अङ्ग्रेजीमा 'इफ यु थिङ्क रनिङ ए म्याराथन इज हार्ड‚ ट्राइ मर्जिङ टु ब्याङ्क्स' लेखिएका हेलेनिक ब्याङ्कको प्रिन्ट भएका नीला टिसर्टहरू चाङ लगाउँदै एकजना केटो कर्के नजर हाम्रो वार्तालापतिर पनि लगाइरहेको थियो । मैले लख काटें कि त यो पाकिस्तानी नभए पञ्जाबी त पक्कै हो ।
त्यसपछि हारूल्लाले निकोलासँग ग्रीक भाषामा केहीबेर कुरा गरी र ‘एला रे ब्वाइज्‚ बाबाई (लौ त केटा हो बाइबाइ)‘ भनेर फ्याक्ट्रीबाट बाहिर निस्की र कारमा चढेर एक हातले चुरोटको सर्को मार्दै अर्को हातले कारको स्टेयेरिङ घुमाएर बत्तिई ।
हारूल्ला फ्याक्ट्रीबाट निस्किएपछि निकोलाले 'हारी हारी' भनेर टिसर्ट पट्याइरहेको केटालाई बोलायो र मलाई पनि ग्रीक भाषामा 'एला (यता आइजा)' भन्दै हातको इसारा गर्यो । ‘हारी, मित योर फ्रेन्द (हारी साथीसँग चिनजान गर्) ।‘ अनि मतिर हेरेर भन्यो‚ ‘हि विल हारी‚ हि विल कम फ्रम पुञ्जाब (ऊ हारी हो‚ ऊ पञ्जाबबाट आएको हो) ।‘निकोलाको कमजोर अङ्ग्रेजीको भेउ मैले अलिक ढिलो गरिमात्रै पाएँ र मुन्टो हल्लाएँ । ‘दिस इज निकोलस ब्राभोस्की । आइ विल फ्रम रोमानिया । कल मि निकोला अर मास्त्रो (म निकोलस ब्राभोस्की हुँ । म रोमानियन हुँ । मलाई निकोला वा मास्टर भनी बोलाउनू) ।‘ यति भनेर निकोलाले मुस्कुराउँदै टिस्युपेपरले पसिना पुछ्यो ।
‘नेपाल से हो (नेपालबाट हो) ?' निकोलाले हारी भनी चिनाएको केटाले मतिर गौर गरेर हेर्दै सोध्यो । ‘हाँ, पर तुम्हे कैस मालुम (अँ हुँ तर तिमीलाई कसरी थाहा भयो) ?' केही अचम्भित हुँदै मैले सोधें ।
‘भाइजी आपका मङ्गोलिय चेहरा बताता है कि आप नेपाल से हो (दाइ तपाईंको मङ्गोल अनुहारले बताउँछ कि तपाईं नेपाली हो) ' हारीले भन्यो ।
‘आऽऽ निबाल ? सेम सेम कन्त्री, सेम सेम लेङ्ग्वेज (ए नेपाल ? एउटै देश, एउटै भाषा) ?‘ हाम्रो कुराकानीलाई बीचैमा काटेर निकोलाले सोध्यो ।
‘ओही रे मास्त्रो । नो सेम कन्ट्री, नो सेम लेङ्ग्वेज । हि विल नो हिन्दी लेङ्ग्वेज । आइ विल अल्सो नो हिन्दी लेङ्ग्वेज (होइन है मास्टरजी । एउटै देश र भाषा होइन । उहाँलाई पनि हिन्दी भाषा आउदोरहेछ अनि मलाई पनि हिन्दी आउँछ) ।‘ अब हारी भनि चिनाइएको त्यस केटाको अङ्ग्रेजीले पनि मलाई एकछिन चक्कर कटायो । खासमा ऊ रहेछ लुधियानी केटा हरपालसिं राणा । हारूल्लाको फ्याक्ट्रीमा काम गर्न आएपछि सजिलोका लागि निकोलाले 'हारी हारी' भनी बोलाउन थाल्यो हारूल्लाले उसकै सिको गरी ।
‘आप भी मुझे हारी पुकारके बुलाना । वैसे आपका नाम क्या है (तपाईं पनि मलाई हारी भनी बोलाउनुहोला । अनि तपाईंको नाम के हो) ?‘मैले आफ्नो परिचय दिएँ र छिट्टै निकोलाले मेरो फेरि न्वारन गरिदियो‚ ‘इत्स दिफिकल्त‚ मीका विल ओके‚ दाक्सी रे मीका (यो गाह्रो छ (नाम)‚ मीका भन्नु सजिलो छ‚ हुन्छ नि मीका) ?' मेरो नाउँको उलटपुलटको संक्षेपिकरण गरेर उसले भन्यो । तत्कालै म मानिकहाङ थुलुङबाट मीकामा मेटामर्फिक भएँ ।
मैले मन नपराएर मुख बिगारें । ‘मीका भाइ यहाँ ऐसा हि चल्ता है । आदत बनालो (मीका दाइ यहाँ यस्तै हुन्छ । बानी बसाल्नुस्) ।‘मेरो खुम्चिएको मुखतिर हेरेर हारीले भन्यो र अघि गरिरहेकै काम सम्हाल्न हिँड्यो । ‘हारी‚ तेक मीका । टिच हिम फोल्दिङ तिसर्त (हारी मीकालाई लैजा । उसलाई टिसर्ट पट्याउन सिका) ।‘निकोलाले हकार्यो ।
'टिसर्ट पट्याउनु कुन चाहिँ बाघ मार्नु हो र यिनीहरू सिकाउँछन् मलाई !' मनमनै मलाई हाँसो उठ्यो । तर वास्तवमै सजिलो थिएन रैछ त्यो, पट्याउनु‚ प्लाष्टिक भित्र हाल्नु र पानी टेपले टाल्नु त्यो पनि मेसिनको गतिमा । हारीले सिकाएको नपत्याएर निकोला आफै त्यहाँ आइपुग्यो र पाँच छ वटा टिसर्ट पट्याएर 'कातालाभिस् (बुझिस्) ?' भनी मलाई सोध्यो । जवाफ मैले पनि 'ने ने कातालाभेनो' (अँ अँ बुझेंबुझें) भनी ग्रीकमै फर्काएँ ।
दिनभरी हरियानी सरदारजी मलाई सिकाउँदै रह्यो हारूल्लाको कठोर व्यवहार र रूमानियन मास्त्रोलाई चाहिने 'वेल फिनिसिङ' कामको फेहरिस्त । सूत्रधारको अघिल्लो दिनको दैनिकी यहाँ किन लेखियो भन्ने तपाईंले लख काट्नुभयो ? यसको एउटै उद्देश्य थियो कसरी परदेशमा तपाईं परिचय विहीन बन्नुहुन्छ भनी जानकारी दिनू । सबैभन्दा गौरवको कुरा तपाईंको आफ्नो नाम हो‚ त्यही नामै हराइदिएपछि बाँकी परिचय स्थापित गर्नु सजिलो काम होइन, त्यो पनि परदेशमा ।
अबचाहिँ सनोजकै डायरीमा यहाँको ध्यान लैजान्छु ।
आज मेरो फ्याक्ट्रीमा तेस्रो दिन थियो । केही चाँडै पुगेको रहेछु, मास्त्रो आइपुगेको थिएन न त हारी नै आइपुगेको थियो । झट्ट सनोजको डायरी सम्झिएँ र झोलाबाट निकालें अनि फ्याक्ट्रीको अगाडि ठडिएको अजङ्गको सल्लाको सियालमा बसेर पढ्न थालें ।
दिनाङ्क २
. . . आज हारूल्लाले राति आठ बजेसम्म काममा लगाई । पहिले घरसम्म छोडिदिन्छु भनेकी थिई पछि 'आफै जा' भनिदिई, मेरो के लाग्छ र ? बस स्टपमा उभिइरहँदा एउटा 'आउडी' कार मेरो अगाडि घ्याच्च रोकियो र झ्याल खुल्यो । ‘पोउ पास ?‘‚ अलिअलि ग्रीक बुझ्ने भएकाले मैले त्यस अधबैंसेले ‘(कहाँ जाने ?)‘ भनेको बुझें र ‘स्ट्रोभोलस‘ भनी जवाफ दिएँ किनभने अब यतिखेर कलेज जानुको कुनै अर्थ थिएन ।
‘एला (आइज)!‘ त्यस अधबैंसेले मलाई कारको ढोका उघारेर बोलायो । पचहत्तर सेन्ट जोगाउन सक्नु पनि यो मुलुकमा ठूलै कुरा हो त्यो त झन्डै नेपालको एक सय रुपियाँ हो ! मनले यही गम्दै ‘एफखारिस्तो‘ (धन्यवाद महासय)‘ भन्दै म कारमा चढें ।
‘ओपु पासतो स्त्रोभोलो (स्ट्रोभोलसमा कहाँ )?‘ ‚ त्यस मानिसले सोध्यो ।
‘दिमित्री भिकेला स्ट्रिट‘ मैले भनें ।
‘दाक्सी (हुन्छ) ।‘ भनेर उसले कारको गति अझ तेज गर्यो र सोध्यो‚ ‘ति कानिस इदो (यहाँ तँ के गर्छस् ?‘
‘ग्रीक ओही रे इङ्ग्लिका‚ मास्त्रो ।‘ (ग्रीक होइन अङ्ग्रेजीमा बोल्नुस् मालिक ।)‘ उसको कुरा नबुझेर मैले भने ।
‘ओके ओके‘‚ भनेर उसले अङ्ग्रेजीमा बातचित सुरु गर्यो । गर्मीले च्यापच्याप भएको म भने उसको वातानुकुलित कारमा बसेपछि आनन्दले झकाउन लागें ।
दिमित्रीले अमेरिकानो अफर गर्यो । नेपाली ठिटाले कहाँ खानसक्नु त्यस्तो तीतो कफी, मैले तीन चम्चा चिनी मागें । ‘आइ लिभ अलोन । ह्वेन यु फिल बोर्ड यु क्यान कम टु मि (म एक्लै बस्छु । तँलाई बोर लागेको बेलामा मेरोमा आउन सक्छस्) ।‘
उसले बताएअनुसार त्यो मानिस कुनै बहुराष्ट्रिय कम्पनीमा काम गर्ने रहेछ । ग्रीसबाट त्यहाँ आएको भन्ने त्यसको नाम थियो 'दिमित्रिस गालाजिस' । ‘कल मि वन्ली दिमित्री (मलाई दिमित्री मात्रै भन्) ।‘ त्यसले भन्यो । हामी स्ट्रोभोलसतिर जाँदैगर्दा उसले मलाई भन्यो‚ ‘फिले, उड यु माइन्ड टु गो माइ होम फर अ कप अफ कफी (साथी, मेरोमा कफी खाएर जाने कि) ?‘ मैले ‘अर्को दिन जान्छु ।‘ भनें तर दिमित्रीले कर गर्यो ।
दिमित्रीले अमेरिकानो अफर गर्यो । नेपाली ठिटाले कहाँ खानसक्नु त्यस्तो तीतो कफी, मैले तीन चम्चा चिनी मागें । ‘आइ लिभ अलोन । ह्वेन यु फिल बोर्ड यु क्यान कम टु मि (म एक्लै बस्छु । तँलाई बोर लागेको बेलामा मेरोमा आउन सक्छस्) ।‘ उसले गरेका थुप्रै कुरामध्ये यो एक थियो । मलाई घरमा छोड्नु अघि दिमित्रीले मेरो फोन नम्बर माग्यो अनि फेसबुक आइडी पनि . . . ।
‘सतश्रीअकाल मीका भाइ ।‘ भन्दै सडकको पल्लो छेउबाटै हारी करायो अनि मैले डायरी बन्द गरें ।
प्रिन्ट गरिसकिएका फिल्महरू धुनू भनेर निकोलाले मलाई एउटा ठूलो चाङ अगाडि लगेर बसायो र हारीलाई ‘सिकाइदे‘ भनेर आफ्नो काममा लाग्यो । थिनर (प्रिन्ट गर्न लगाइएको रङ र अक्षर पातलो बनाउदै मेटाउने एक रसायन) लगाएर हारीले मलाई पहिलो फिल्म मेटाएर देखायो मैले उसको सिको गर्दै बाँकी फिल्महरू धोएर सादा पारें ।
साँझ फेरि मैले पक्रिएँ उही १२६ नम्बर बस र पल्टाएँ डायरी । खासमा डायरी नियमित थिएन । साह्रै विरक्त चल्दा वा अनपेक्षित घटनाक्रमहरूबाट ग्रुज्रिनुपर्दा आहत भएर सनोजले डायरीमा त्यस व्यथालाई उतारेर मन हल्का पार्न कोसिस गरेको प्रतीत हुन्थ्यो ।
दिनाङ्क ३
...दिमित्रीले त्यस रात नै ‘सुतिस्‘ भनेर म्यासेन्जरमा सोधिपठायो । ‘अब सुत्छु मास्त्रो ।‘ मैले जवाफ फर्काएँ । ‘ओही रे मास्त्रो कल मि दिमित्री, दाक्सी (मालिक होइन मलाई दिमित्री भन्‚ हुन्छ) ?‘ ‘यति भनेर उसले ‘गुड नाइट‘ भन्यो । मैले पनि ‘गुड नाइट‘ भनेर छुट्टि लिएँ किनभने उता नेपालमा मेरी गर्लफ्रेन्ड कुरिरहेकी थिई म्यासेन्जरमा ।... हल्काफुल्क कुरा भइ नै रह्यो दिमित्रीसँग दुईतीन दिन ।
... शुक्रबार ठीक साढे पाँच बजे काम सकेर फ्याक्ट्रीको ढोकाबाट निस्किएको मात्रै के थिएँ मेरो मोबाइल बज्यो, कल दिमित्रीले गरेको रहेछ ।
‘ह्वेर आर यु गुम्बा (कहाँछस् केटा) ?‘ ऊ अब 'फिले'को सम्बोधनबाट 'गुम्बा'मा झरिसेको थियो ।
‘जस्ट रिटर्निङ फ्रम द जब‚ मास्त्रो (भर्खर कामबाट निस्केको मालिक) ।'
‘मास्त्रो अगेन (फेरि मालिक) ?‘ उसले हकार्दै भन्यो‚ ‘आइ एम इन द सेम स्टेसन । कम हियर‚ आइ विल पिक यु अप ‘(म उही बस स्टेसनमा छु‚ आइज म पर्याइदिन्छु तँलाई) ।'
दिमित्रीले मलाई परैबाट देखेर एउटा कुटिल मुस्कान फ्याँक्यो । अहिले सम्झिन्छु त्यस मुस्कानमा कस्तो विष भरिएको रहेछ ।
‘इट्स विकिन्ड । आइ एम इन द मुड अफ हाइभिङ फन‚ विल यु एकम्पनी मि (आज सप्ताहान्त हो‚ म रमाइलो गर्ने मुडमा छु‚ तँ पनि मसित जाने की) ?' उसले सोध्यो ।
मेरो कलेज थिएन तरै पनि भनें‚ ‘म अरू कुनै दिन जाउँला मलाई थकाइ लागेको छ आज ।‘ तर उसले भन्यो‚ ‘धन्दा नमान् मेरो गएर नुहा अनि फ्रेस भएर जाउँला ।'
मेरो मौनतालाई उसले स्वीकार गरको ठान्यो होला सायद सरासर आफ्नो घरमा पुर्यायो र फ्ल्याटभित्र पस्ने बित्तिक्कै हातमा के सानो पोको च्यापेर बाथरुममा पस्यो । भित्र ऊ चिच्याएको सुनेर म अत्तालिएँ र कराएँ‚ ‘मास्त्रो के भयो ?‘
‘केही होइन‚ स्यानो सुई लगाएको ।‚‘ जवाफमा उसले भन्यो । बाथरुममा पसेर आफैले घोच्ने सुई कस्तो हुन्छ ? कुनचाहिँ बिमारीको पो होला ? मलाई उदेक लाग्यो ।
‘अब तँ जा नुहाउन ।‘‚ बाहिर निस्केर उसले भन्यो । उसको लाल चहेरा र रसिला आँखा हेर्दै केही डराएर मैले 'हुन्छ' भनें ।
सर्ट फुकालेर ढोकामा छिस्किनी लगाउन खोज्दा नभेटेर म अत्तालिएँ‚ ‘मास्त्रो‚ ढोकामा साँचो छैन त ?‘ उसले मालिक नभन् भने पनि मेरो नेपाली बानी किन छुट्थ्यो र !
‘साँचो कतै हरायो, म एक्लो मान्छेलाई किन चाहिन्छ र बाथरुमको ढोकामा चुक्कुल ?‘ भन्दै हातमा केको स्यानो सिसी पक्रेको दिमित्री त्यहीँ आइपुग्यो । सिप्रोटहरू बाथरुम/ट्वाइलेटहरूमा भित्रबाट साँचो अड्काइ राख्छन् । भित्र कोही पस्दा साँचो बटारेर लक गर्यो बस कति सजिलो, तर त्यही कुरा यसकोमा थिएन । नाकको एउटा प्वाल बन्द गरेर अर्को प्वाल नजिक सिसी लगेर दिमित्रीले लामो सास भित्र तान्यो र मेरा जिज्ञासु नजरतिर हेरे भन्यो‚ ‘तँ पनि नस तान्छस् त ? थकाइ छुमन्तर हुन्छ !'
मैले केही भन्न नपाउँदै उसले मेरो नाकको एउटा प्वाल बन्द गरेर अर्कोमा त्यही सिसी टँसाइदियो मैले जानिनजानि तानें, ऊ फर्कियो ।
हे भगवान् यो के भयो !
नुहाउँदै गर्दा मलाई सेक्सको अतिसय चाहना भयो, यस्तो त कहिल्यै भएको थिएन । उत्तेजनाले खपिनसक्नुभयो । ढोकामा चुकुल छैन, मलाई के आपत् परेको ?
‘जे पर्ला‚ नुहाउन पसेको मान्छेले के गर्छगर्छ कसलाई के चासो ?‘ भनेर हस्तमैथुन गर्न लागें । दिमित्रीले यही दाउ पर्खि बसेको रहेछ । भित्र पसेर मलाई च्याप्प समायो । म यौन चाहनाले तड्पिएर आँखा चिम्म गरी मैथुन गर्दैथिएँ, सावर चलिरहेको थियो‚ चालै पाइनँ त्यो भित्र पसेको । दिमित्रीले त्यसरी समातेपछि सम्हालिने कोसिस नगरेको पनि होइन तर सबै प्रयत्न बेकार भयो ऊ पनि नाङ्गै भएर आएको थियो सरक्क तल सरेर मेरो गुप्ताङ्ग आफ्नो मुखमा हालेर मुखमैथुन गर्न लाग्यो...।
पछि गएर पो थाहा पाएँ त्यस ब्वाँसोले मलाई त्यसदिन ‘पोप्पर‘ नाउँ गरेको तत्काल यौन उत्तेजना दिने एक किसिमको लागू औषध सुँघाएको रहेछ ।
...उसको कुत्सित मनोकांक्षा पूरा गरिसकेपछि दिमित्रीले मलाई रेस्टुरेन्ट जान हतार लगायो । पश्चात्ताप‚ ग्लानी र लज्जाबोधले म टाउको उठाउन सकिरहेको थिइनँ, चुपचाप उसका पछि लागें । रेस्टुरेन्टमा खाना खाँदैगर्दा उसलाई कसैले फोन गर्यो । ग्रीक भाषामा निकैबेर कुराकानी भयो । कुराकानी तनावयुक्त भयो किनभने उसको उच्च स्वर र राँक्किएको अनुहारले त्यो बताइरहेको थियो अनि हल्काफुल्का ग्रीक त मै पनि बुझ्थें ।
‘साला यी हब्सीहरू युरोले स्वाँठ्ठिए । यति काम गरेको अबदेखि पचास युरो दे भन्छ । अबदेखि तँ गरिदे है मेरो काम ।‘ फोन काटेपछि उसले त्यस मानिसलाई आमाचाकरीको गाली गर्दै मलाई भन्यो ।
‘के काम होला ?‘ उसको चेहराको भाव पढेर मैले सोध्नुपर्ने माहोल उपयुक्त ठानिनँ, मौन बसिरहें ।
राति फर्किँदा मेरो फ्ल्याट भएको गल्लीमा छिरेपछि उसले पर्सबाट पचास युरो निकालेर मतिर पसार्दै राख्न भन्यो । मैले इन्कार गर्ने कोसिस नगरेको पनि होइन तर परदेशको परिबन्दले मलाई त्यो पचास युरोको नयाँ नोट स्वीकार गर्न प्रेरित गर्यो‚ यो हारूल्ला 'जाँठी'ले पनि काम गरेको पैसा कहिल्यै समयमा दिने होइन । अमृत दाइले उहिल्यै राति पार्टीहरूमा काम गर्न बोलाएर पैसा दिएन बरू हामीजस्ता सोझासाझाको पैसा ठगेर स्कुटी किन्यो र अहिले डेलिभरीको काम गर्छ ...।
सनोजको डायरीले यति सम्मोहित पारेको रहेछ कि कतिखेर लिद्रा स्टेसनमा पुगेर बस रोकिएर पनि फर्किने यात्रुहरूको लाइन पसिसकेछ मैले पत्तै पाइनँ । कलेज पुगेर क्लासमा नबसी माथि प्राय एकान्त नै रहने लबीमा भएको सोफामा गएर बसें । 'क्लासमा भए पनि एसीको चिसोले निद नै लाग्ने हो बरु सनोजको डायरी नै पढ्छु यही बसेर गर्मी भए पनि' भन्ने सोच्दै म त्यहीँ सोफामा फ्यात्त परेर बसें र डायरी निकालें ।
दिनाङ्क ४
...त्यस घटनाको चार या पाँच दिनपछि फेरि दिमित्रीले मलाई आफ्नो जन्मदिन भएकाले खाना खान रेस्टुरेन्ट लैजाने प्रस्ताव गर्यो । यो बीचमा म्यासेन्जरमा भएको कुराकानीले ऊसँग मेरो एककिसिमको घनिष्ठता स्थापित भइसकेको थियो । अनि उक्त दिन त्यस अफ्रिकनले गर्न अस्वीकार गरेको काम अबदेखि तैंले गर्नुपर्छ भनेर मलाई 'हो' भन्न लगाई पनि सकेको थियो ।
खानापछि उसले आज राति 'मैसँग बस् ।' भनी प्रस्ताव गर्यो । फ्याल्टमा तीनतीन जना एउटै खाटमा कोच्चिएर सुत्नुपर्ने‚ कसैका खुट्टा गनाएर खपिनसक्नु‚ कसैले पादेर हैरान‚ कोही जाँडले टिल्ल‚ कसैलाई रातभरि नेपालमा भएका गर्लफ्रेन्डहरूसँग कुरा गर्नुपर्ने, मैले आफ्नो फ्ल्याटको वास्तविकता सम्झिएँ । फेरि त्यस दिन अपर्झट भोग्न पाएको यौन सुखको कल्पनाले पनि मन रोमाञ्चित गरायो । पहिलो दिन ग्लानी र पछुतोले छटपटिए पनि मलाई त्यो काउकुतिले फेरि चिमोटिरहेको थियो ।
उसको फ्ल्याटमा पुग्ने बित्तिकै दिमित्रीले मलाई 'नुहाएर आइज' भन्यो । मैले नुहाइरहँदा ऊ पनि लाज पचाउँदै बाथरुममा नाङ्गै पस्यो र मलाई नुहाइदिन लाग्यो । हेयर ड्रायर लगाएर मेरो कपाल अनि शरीर सुकिलो पारिदिएर दिमित्रीले मलाई बेडरुममा ल्याएर ओछ्यानमा लडायो र ड्रवेरबाट निकाल्यो उही पुरानो सिसी र तनक्क जिउ तन्काएर उही अन्दाजमा त्यसको नस लियो र मलाई पनि 'ले' भन्यो । आज मैले केही धकाएरै भए पनि 'यो के हो ?' भनेर सोधें ।
जवाफमा उसले 'यो जे भए पनि के भयो र तँलाई । अस्ति यसले कस्तो चरम आनन्द दियो थाहा पाइस् नि ?' भन्यो र मेरो नाकमा लगेर त्यसको नस तान्न लगायो । र तुरुन्तै केही कुरा ड्रवेरबाट निकालेर फेरि ऊ बाथरुम छिर्यो र आज पनि अस्तिजस्तै एकचोटी जोडले चिच्यायो, मैले लखकाटें यसले फेरि सुई लगायो क्यारे !
दिमित्री बाहिर आउँदा म 'पोप्पर'ले दिने तात्कालिक यौन उत्तेजनाले व्यग्र थिएँ, मैले आज कुनै रोकटोक गरिनँ । भोको स्यालले सिनो लुछेसरी दिमित्रीले मेरा अङ्गप्रत्येङ्गहरू जहीँतहीँ चुम्नेचाट्ने गरिरह्यो । मेरो खिरिलो र दुर्बल शरीरमाथि त्यो अजङ्गको ग्रीक खप्टियो र मलाई सास फेर्न गाह्रो भयो । त्यस गिद्धले उत्तेजनामा आएर 'फक मि‚ फक मि' भनी कराइरह्यो । मैले त्यसको अर्थ नबुझेको पनि होइन तर के गर्नपर्ने हो भेउ पाइनँ । ऊ आफै ममाथि चढ्यो र मेरो मुतेन्द्रीय लगेर त्यसको मलद्वारमा घुसायो...।
उत्तेजना शान्त भएपछि मलाई चरम पश्चात्तापले गाँज्यो । मनको धोको पूरा गरेर दिमित्री घुर्न लागिसकेको थियो । 'यसले मलाई के सुँघाउँछ ? जसले मलाई यो हालतमा पुर्याउँछ ? एकचोटि म हेर्छु ।' भनी ड्रवेर तानेर त्यो सिसी फेला पारें त्यसमा लेखिएको थियो‚ ‘पोप्पर ।‘
गुगलमा खोजेर हरें, त्यो रहेछ तत्काल यौन आसक्ति उत्पन्न गराउने एक किसिमको नशा, खास गरी समलिङ्गीहरूमाझ लोकप्रिय । साइप्रस आएको पहिलो दिनेदेखि नै मैले सुनेको हो समलिङ्गीहरूले हामी अफ्रो-एसियन गरीब आप्रवासीहरूलाई बाटोकुबाटोमा फ्याँक्ने जाल र देखाउने प्रलोभन, आज म आफै फँसेछु भगवान् ! मनले धिक्कार्यो आफैलाई ।
मोबाइल खोलेर हेरें, गर्लफ्रेन्डले दश पटक भन्दाबढि कल गरेकी रहिछे म्यासेन्जरमा । यतिले नपुगेर फ्ल्याटको साथीलाई पनि सोधिछ । उसले था'छैन भन्ने जवाफ दिएपछि एकबित्ता लामो म्यासेज छोडेकी रहिछे । सुरुका दुईचार लाइन पढेरै मलाई डाँको छोडीछोडी रुन मन लाग्यो । तर मलाई रुने स्वतन्त्रता पनि कहाँ थियो र रातको काममा आएको छु भनी ढाँटढुँट पारेर म्यासेज रिप्लाइ गरें र तुरून्तै वाइफाइ अफ गरें, ऊ ननिदाइ बसेकी रैछ र तत्कालै फोन गरि भने के भन्ने भन्ने मलाई थाहा थिएन ।
...राति फेरि दिमित्रीले मेरो शरीरसँग खेल्न खोज्यो‚ मैले कुहिनाले घच्याडें किनभने यतिखेर मलाई पोप्परको नशाले उत्तेजित पारेको थिएन । केहीबेरको प्रयास असफल हुने ठानी ऊ पनि अर्कोपट्टि फर्कियो । बिहान अबेरगरि दिमित्री ब्यूँझियो । म भने पहिल्यै उठेर हिँड्न हतारिएको थिएँ । दिमित्री चल्मलाएको देखेर मैले 'जान्छु' भनें, उसले 'ब्रेकफास्ट खाएर जानू अनि केही कुरा पनि गर्छु छ ।' भन्यो र फेरि अर्कोतिर फर्किएर सुत्यो । मैले 'अहिल्यै भन् नत्र म जान्छु ।' भनेपछि भने आँखा मिच्दै उठेर बाथरुम छिर्यो ।
उसले टोस्ट बनाउँदै गर्दा म पनि उसको किचेनमा छिरें । ‘हब्सीले भाउ खोज्यो । त्यति सानो सामान अक्कुपाइड एरिया (स्थानीयहरू टर्की अधीनस्थ साइप्रसलाई अक्कुपाइड एरिया भन्छन्) बाट यता ल्याइदेको पचास युरो चाहिन्छ भन्छ । त्यसैले मैले उसलाई अह्राउन छोडिदिएँ । अबदेखि तँ ल्याइदिने गर् । म तँलाई बीस युरो दिन्छु ।‘
‘के हो र ?‘ मैले सोधें । ‘केही होइन मेरो लागि एउटा खास 'औषधि' चाहिन्छ त्यो उता सस्तो पर्छ त्यसैले उतैबाट मगाउँछु । मेरो स्टक सकिइसकेको छ । मलाई आज साँझ उता गएर ल्याइदिन्छस् त ?‘
‘अहिले त म घर जान्छु, पछि भन्छु नि ।‘ मैले भनें ।
ब्रेकफास्ट तैयार भएकोले हामी डाइनिङ हलमा लिएर खान थाल्यौं । 'एक्लै बस्नै खैरेलाई के यति विधि ठूलो फ्ल्याट चाहिएको होला ?' मेरो मनले भन्यो‚ 'सामान किन चाहिया हुन् यत्रा ?'
एला रे ब्वाइ‚ लेट्स गो टु द बिच । आइ ह्याभन्ट बिन टु देयर फर अ लङ टाइम । वि विल बि ब्याक एराउन्ड सिक्स पिएम‚ देन यु विल गो टु अक्कुपाइड एरिया टु ब्रिङ माइ स्टफ । ह्वाट् डु यु थिङ्क (केटा हिँड् जाउँ बिचतिर ।
खाँदै गर्दा अकस्मात उसले अर्को प्रस्ताव गर्यो‚ ‘एला रे ब्वाइ‚ लेट्स गो टु द बिच । आइ ह्याभन्ट बिन टु देयर फर अ लङ टाइम । वि विल बि ब्याक एराउन्ड सिक्स पिएम‚ देन यु विल गो टु अक्कुपाइड एरिया टु ब्रिङ माइ स्टफ । ह्वाट् डु यु थिङ्क (केटा हिँड् जाउँ बिचतिर । म त्यतातिर नगएको लामो समय भयो । हामी छ बजेतिर फर्किन्छौं‚ त्यसपछि तँ अक्कुपाइड एरिया गएर मेरो सामान ल्याइदिनू) ?‘
एकचोटि लिमासोल बिच जाने रहर गर्दा मेरो पचास युरो झ्वाम भएको थियो । साथीहरूले फेरि जाउँ भन्दा पैसाको लोभले म जान सकेको थिइनँ, आज दिमित्रीले यसो भन्दा दोमनमा परें ।
‘डोन्ट थिङ्क मच । आइ विल बाइ ए स्विमिङ कस्ट्युम फर यु एन्ड वि विल ह्याभ लञ्च समह्वेर देयर (धेरै नसोच् । म तेरो निम्ति समुद्रमा नुहाउँदा लगाउने एउटा कट्टु किनिदिनेछु र हामीले दिउँसोको खाना उतै कतै खाऔंला) ।‘ उसले मलाई सुर्यायो ।
उसको आरामदायी कारमा बस्दा हाइवेमा गुडेको होइन बरू उडेको जस्तो लाग्थ्यो । हाइवेमा पुगेपछि उसले कारको बटन दबाउदै मलाई 'चमत्कार' देखाउँछु भन्यो । नभन्दै निमेषभरमै कारको छत कतै गायब भयो र हावाको तीव्र झोक्का हाम्रो अनुहारमा ठोक्किन लाग्यो । न कतै जोल्ठिङ् न त कतै खाल्डाखुल्डी, हाइवेमा निस्केपछि न त कतै जाममा परिएला भन्ने पिर । यति स्यानो जमिन र जनसङ्ख्या भएर पनि यो देश किन यति धनी ? बाटाघाटा किन यति राम्रा ? मनमा यस्तै प्रश्न खेलिरहेका थिए मेरा । लिमासोल र लार्नाकातिर जाने बाटो अलग्लिने ठाउँ आइपुग्नै लाग्दा दिमित्रीले सोध्यो‚ ‘ह्वेर डु यु वान्ट टु गो ? पाफोस‚ लिमासोल‚ लार्नाका‚ आइयानापा (तँलाई कहाँ जाने मन छ ?
पाफोस‚ लिमासोल‚ लार्नाका‚ आइयानापा) ?‘ आइयानापा बिचका किस्साहरू केटाहरूबाट धेरै सुनेकाले होला मेरो मुखबाट त्यसकै नाम निस्कियो‚ ‘दाक्सी‘ भनेर उसले होसियारीपूर्वक गाडीलाई त्यतैतिरको लेनमा हाल्यो र गति अझ तीव्र बनायो ।
आइयानापा पुगरे दिमित्रीले मेरो लागि समुद्रमा खेल्दा लगाउने एउटा कट्टु‚ एकजोर चप्पल‚ एउटा हाफप्यान्ट‚ आइयानापा लेखिएको टिसर्ट‚ बिचमा पौडी खेलिरहेको दृष्य भएको एउटा लुज स्यान्डो र एउटा चस्मा पनि किनिदियो, म दङ्ग परे, अहिले त्यसको हर्जाना तिर्दैछु ...।
‘यहाँ किन बसेको मानामु (प्यारे) ?‘‚ भन्दै आएको किरणले झस्काएपछि मैले डायरी हठात् बन्द गरें र ‘पढ्न अल्छि लागेर यहाँ बसेको‘‚ भनी ढाँटे । ऊचाहिँ नेपालबाट गर्लफ्रेन्डको फोन आएकाले कक्षा छोडर कुरा गर्न उक्लेको रहेछ । ऊ पनि ‘अब नपढ्ने‚ म ब्याग लिएर आउँछु अनि जाउँला है ।‘ भन्दै तल झर्यो, म उसका पछि लागें ।
घर पुगेर हतारहतार खाना बनाएँ । अलिकति तरकारी फ्ल्याटमा सँगै बस्ने साथीसँग मागें । मेरो साथी कामबाट अझै नआइपुगेकोले उसको भाग राखिदएँ र आफूले खाएर बेडमा आई पल्टिएर फुकाएँ उही डायरीका पाना
दिनाङ्क ४ को बाँकी अंश
...सबै कुरा बिर्सिएर धक फुकाएर मैले आइयानापा बिचको गर्मी‚ बालुवा र नुनिलो पानीको मज्जा लिएँ । बिचको नरम बालुवामा नाङ्गै खुट्टा चल्दा महसुस हुने मिठो काउकुतिको अव्यक्त आनन्दले मलाई चुलबुले बनाइरह्यो । दिमित्रीले एउटा भव्य र व्यस्त रेस्टुरेन्टमा लगेर लञ्च खुवायो चारबजेतिर । उसले मलाई चखायो भव्य सामुद्री परिकारहरू, जीवनमा पहिलोपटक अक्टोपस पनि खाइयो ।
फर्किँदा बाटामा उसले मलाई टर्कीले खाइदिएको साइप्रसतिर गएर उसको सामान कसरी ल्याइदिने भनेर निकै सिकाइअह्राइ गर्यो । (लिद्रा बोर्डर भएर म पहिले पनि एकदुईचोटी त्यता गएको थिएँ किनकि सबैले यताभन्दा उता सस्तोमा सामान पाइन्छ भनेका थिए ।) गाडीमै उसले मेरो फोटो खिँच्यो र भन्यो‚ ‘आइ ह्याभ सेन्ट योर फोटो टु द्याट गाइ । हि विल वि देयर टु रिसिभ यु (मैले तेरो फोटो त्यस मानिसलाई पठाइदेको छु । ऊ तँलाई त्यहाँ लिन आउनेछ) ।
‘त्यसपछि उसले मलाई उता मैले भेट्नु पर्ने मानिस र मैले उसलाई पर्खिनुपर्ने ठाँउको फोटो मेरो म्यासेन्जरमा पठाइदियो । 'मैले आफ्नो पासपोर्ट फ्ल्याटमै भएकोले के गर्ने ?' भने । उसले गाडी फनक्क मोडेर केही नबोली स्ट्रोभोलसतिर कुदायो । आज मैले यो काम नगरी छुट्टि पाउँदिनँ भन्ने मलाई ठहर भयो । ‘के होला यस्तो काम ? किन यो मान्छेले मेरा निम्ति डेढ दुई सय युरो एकै दिनमा खर्च गर्यो ?‘ प्रश्नले चिमोटे पनि मैले सोध्ने हिम्मत गरिनँ, पासपोर्ट बोकेर हामी लिद्रातिर कुद्यौं । दिमित्रीले मलाई लिफ्थेरिया स्क्वायरसम्मै पुर्याइदियो र फेरि मैले गर्नुपर्ने कुरा होसियारीसित गर्नु भनेर आफू लाकातामियातिर सोझियो ।
पहिले पनि किनमेलको लागि गैसकेको हुनाले मैले बिनाकुनै हैरानी सिप्रोट र टर्कीस दुवै सुरक्षाचौकीहरू पार गरें र उता गएर फोटोमा भएको ठाउँ खोज्न थालें । यतिकैमा एउटा झ्याप्प दारी पालेको अरबीजस्तो देखिने अग्लो खाइलाग्दो केटाले ‘सनोज‘ भनेर सुस्तरी मेरै छेउमा आएर सोध्यो । मलाई देखाइएको फोटो र यो मानिस अलग थियो । मैले ऊतिर प्रश्नसूचक टाउको उठाएँ । सायद उसले ‘तँ दिमित्रीले पठाएको केटा होस् नि ?‘ भन्यो होला किनभने मैले उसले ‘दिमित्री‘बाहेक अरू भनेको बुझिनँ । मैले ठाने यसले टर्किस भाषा बोल्यो तर पछि पो थाहा पाएँ त्यो मुस्तन्डेले मलाई सिरियन भाषामा सोधेको रहेछ, त्यो रहेछ नामुद लागूऔषध कारोबारी-सिरियन अवैध आप्रवासी !
एउटा पुरानो तर विशाल चर्च (अक्कुपाइड एरियामा क्रस्चियन गतिविधिमा कडाइ हुनाले चर्च खण्डहरजस्तो लाग्थ्यो) को कुनो परेको ठाउँतिर लगेर उसले मलाई एउटा सानो पोको हातमा थमाइदियो र दिमित्रीले मेरा साथमा पठाएको साढे तीन सय युरो माग्यो । ‘यो के हो ?‘ मैले त्यससँग हिम्मत गरेर सोधें । ‘दिमित्रीको ‘औषधि’‘, उसले रेडिमेड जवाफ दियो । ‘कस्तो ‘औषधि’ हो यो अँध्यारो कुनामा लगेर दिनुपर्ने ?‘ मेरो मन च्याँठ्ठियो आफैसँग र भन्यो ‘तँ कतै फस्दै त छैनस् सनोज ?‘
‘अर्काले ज्या अह्रायो गर्न्या नाइँ, अर्काले ज्या दियो खान्या नाइँ ।‘ घर छोड्नुअघि आमाले भनेको सम्झें तर पापी परिस्थितिले मलाई धेरै पर धकेलिसकेको थियो ।
लडाइँ हारेपछि सन् १९७४ को अगष्ट १६ तारिखमा युद्धविराम भएसँगै निकोसिया सहरलाई बिचोबिचबाट चोइट्याएर टर्कीलाई औपचारिकरूपले सुम्पिन बाध्य भयो गणतन्त्र साइप्रस, यही सीमाको उत्तर र दक्षिण निश्चित दूरीमा बनेका घरहरू खाली गरेर 'बफर जोन' घोषणा गरी राष्ट्रसङ्घले ग्रिन लाइन कायम गरेको छ ।
कस्तो अचम्म वारि र पारि झिलिमिलि हुँदा यो नाका वरिपरिचाहिँ उही पुरानो युद्धको जस्तो निर्जन र कठोर समय नाचिरहेको छ । मनमा अनेक लहड र तरङ्ग उराल्दै म वारि आइपुगें । मानिसहरूको भीडभाड यति बढेको थियो कि रातिको साढे दश बजे पनि यस्तो भीड देखेर म छक्क परें ।
हुन त यहाँ गर्मी समयमा रातिको नौ बजेसम्म त हल्का उज्यालै हुन्छ । लिद्राका सबै सडकहरू खानेकुरा‚ पर्यटक‚ नाचगान र होहल्लाले भरिएका, त्यस्तो भीड त दिउँसो आइयानापामा समेत थिएन । ‘सोलोमस स्क्वायरमा पर्खिन्छु !‘ भनेको हुनाले मैले दिमित्रीलाई फोन लगाएँ तर उसले फोन उठाएन बरू मेरो पछाडि गाडीको हर्न बज्यो, उसले मलाई सायद फलो गरेको थियो ?
सनोजको डायरीले मलाई हिप्नोटाइज गरेको थियो । म अध्योपान्त नपढी नसक्ने भएँ
दिनाङ्क ५
...अब मलाई दिमित्रीको लत लागिसकेको थियो । ऊसँग म निकै खुल्न थालेको थिएँ । ऊ पनि मलाई मेरो नामले भन्दा पनि फोहर शब्द ‘मालाका‘ (आमाचाकरी जनाउने शब्द) ले बोलाउँथ्यो, त्यसलाई पनि मैले पचाइसकेको थिएँ । बेलाबेलामा उसको यौन प्यास बुझाइदिनु ।
हप्तामा एकचोटि अक्कुपाइड एरियामा गएर उसको ‘औषधि’ ल्याइदिनू‚ ऊसँग घुम्न जानू, मिठोमिठो खानुमा म पल्किएँ । मेरो गतिविधि फ्ल्याटमा बस्ने साथीहरूबाट छिप्न सकेन, खासै कसैले कसैको मतलब नगर्ने वातावरण हुँदाहुँदै पनि । हाम्रो फ्ल्याटमा सँगै बस्ने पञ्जाबीले मेरो मोबाइलमा बिचमा विदेशीसँग मस्त घुमेका फोटोहरू देखेर निकै सोधिखोजि गर्यो । मैले थोरै कुरा उकेले पनि उसले सबै इतिवृति अनुमान गर्यो र भन्यो‚ ‘बचेके रहेना‚ नही त ओ साला तेरा गाँड मारदेगा (सावधान हुनु, नत्र भने त्यो सालेले तेरो गुद्वारमा मैथुन गर्देला... ) !‘
...एक शुक्रबारको साँझ दिमित्रीले मलाई मैले काम गर्ने ठाउँबाटै पिकअप गर्यो र ‘पाफोस जाने‘ भनेर हाइवेतिर उसको चिल्लो कार बत्तायो । उसले मलाई पाफोसको 'पुरानो हार्बर'मा रहेको एउटा आलिसान रेस्टुरेन्टमा लिएर गयो जहाँ उसकै उमेरको एकजना अधबैंसे लिथुआनियन हामीलाई पर्खिरहेको थियो । मलाई देख्नेबित्तिकै त्यस मानिसले दिमित्रीलाई ‘मैले त नेपाली केटा लिएर आइज भनेको तैंले कसलाई ल्याइस् ?‚ भनेर सोध्यो अँग्रेजीमा । दिमित्रीले 'म नेपाली नै हुँ' भनी जिकिर गर्यो ।
उतिबेला नबुझेको त्यसको अर्थ पछि बुँझे, त्यस गिद्धलाई मङ्गोलियन अनुहार भएको सिनो चाहिएको रहेछ । तिनीहरूले होटलको कोठा बुक गरेका रहेछन्, समुद्रछेउमा लमतन्न पसारिएको हार्बर घुम्दाघुम्दा र अनेकथरी मानिसको लस्कर देख्दा थाकेको शरीरलाई मैले उनीहरूसँगै घिस्याएँ ।
यो खेलमा दिमीत्रीले मलाई उसको भाले बन्न लगाउथ्यो तर आज त्यस लिथुआनियनले मलाई उसको पोथी बनायो । चरम पीडाले मलाई गाँज्यो तर पनि पोप्परको नशामा उत्तेजना थियो, दिमित्रीको भाले र लिथुआनियनको पोथी मेरा लागि अलग अनुभव थियो ।
कोठामा पुगेपछि फेरि उही चर्तिकला दोहोर्याउन दिमित्रीले मलाई सङ्केत गर्यो तर साथमा उसको साथी पनि भएकाले मलाई असहज भयो । मेरो अप्ठेरोको उनीहरूलाई के मतलब । दिमित्री भन्दा पहिल्यै उसको लिथुआनियन साथी ममाथि जाइलाग्यो । फेरि सुरू भयो पोप्परको नशामा उत्तेजित भएर चरमानन्द प्राप्त गर्ने श्रीङ्खला ।
यो खेलमा दिमीत्रीले मलाई उसको भाले बन्न लगाउथ्यो तर आज त्यस लिथुआनियनले मलाई उसको पोथी बनायो । चरम पीडाले मलाई गाँज्यो तर पनि पोप्परको नशामा उत्तेजना थियो, दिमित्रीको भाले र लिथुआनियनको पोथी मेरा लागि अलग अनुभव थियो । यो खेलको तिनीहरूले भिडियो पनि तयार गरेछन् अनि उनीहरूको ग्याङ्गमा त्यसको लाइभ प्रशारण पनि भएछ, थुक्क मेरा दिन !
आफ्नो कुत्सित वासना पूरा गरिसकेपछि दिमित्री र उसको साथी दुवैले एकअर्काको पाखुरामा उही ‘औषधि’वाला सुई लगाए । मेरै अगाडि यसरी लगाएको पहिलोपल्ट थियो, मैले त्यसदिन पो ख्याल गरें दिमित्रीको पाखुरा र कुहिनामा ठूल्ठूला ताजा घाउहरू अनि मैले उसको लिथुआनियन साथीलाई हेरें उसको पनि उही हालत ।
म डराएँ तर डराएर हुनेवाला के थियो र ? पछि सुत्ने बेलामा के कुरामा हो तिनीहरूको भनाभन भयो । दुवैजनाले निकै पिएका थिए । मलाई पनि पिउन कर नगरेका होइनन् तर घरबाट हिँड्ने बेलामा‚ ‘ह्रक्सी खाइ भन्या मेरो ह्रगत खाइ ।‘ भनेर आमाले भनेको वचनले रोक्यो । उनीहरूको झगडा बढ्दै गयो । दिमित्रीले उच्चशिक्षा लिथुआनियामै लिएकाले उसलाई त्यहाँको भाषा पनि आउने हुनाले अघिसम्म लिथुआनियन भाषामा भैरहेको तिनीहरूको संवाद अब अङ्ग्रेजीमा भइरहेको थियो ।
‘मैले यति महङ्गो होटलको बिल तिरें‚ त्यस्तो आलिसान रेस्टुरेन्टमा खुवाएँ‚ तैंले मङ्गोलियन केटा ल्याउँछु भनेर मलाई यस्तो चुच्चो नाके ल्याएर ठगिस् ।‘‚ त्यस मानिसले दिमित्रीलाई करायो ।
‘तैंले पनि पहिले मलाई पाफोसबाट ड्रग सप्लाई गर्दा निकै पटक ठगेको छस् त्यही थाहा पाएर मैले अहिले अक्कुपाइड एरियाबाट मगाउँछु । यही केटाले ल्याइदिन्छ । तँ झन् ठूलो ठग होस् ।‘‚ दिमित्री अझ ठूलो स्वरले करायो ।
हे भगवान् ! बल्ल मैले चाल पाएँ दिमित्रीलाई चाहिने खास ‘औषधि’ के रहेछ भनेर । तिनीहरू नजाने अझ केके फलाकिरहे र थाकेर निदाए ।
मलाई डाँको छोडीछोडी रुन मन लागको थियो । आमासँग रोइरोइ माफी माग्न मन लागेको थियो तर म निरिह थिएँ‚ लाचार थिएँ‚ के गर्नुपर्ने हो भन्ने पनि सुझिरहेको थिएन, मात्रै अब ममाथि के आइलाग्ने हो भन्ने भयले थरथरी काँपिरहेको थिएँ । झिमिक्क ननिदाइ रात बित्यो ...।
‘के हो सोल्टा‚ निकै पढिदैछ त ?‘‚ कतिखेर हो कामबाट फर्केको मेरो साथी खाना खाएर पनि आइसकेछ‚ मैले ख्यालै नगरेको । ‘पुरानो डायरी पढेको यार ।‘ जवाफमा मैले भनें । ‘ल ल ।‘ भनेर ऊ अर्कोतिर फर्केर सुत्यो‚ म अलिक उता सरेर फेरि डायरीमै घोत्लिएँ ।
अन्तिम दिन
...मैले अठोट गरेको थिएँ अब मलाई पुग्यो दिमित्रीले देखाएको लालच । पाफोसबाट फर्केकै दिन मैले उसलाई फेसबुकमा ब्लक गरें, उसको फोन नम्बर पनि ब्लक गरें, बस स्टप पनि परिवर्तन गरें र २५८ मा यात्रा गर्न थालें । तर के गर्नु उसलाई म बस्ने ठाउँ पनि थाहा थियो अनि काम गर्ने ठाउँ पनि ।
त्यसको पाँच सात दिनपछि काम सकेर बाहिर निस्किँदा ऊ मेरो फ्याक्ट्री अगाडि कार रोकेर बसेको रहेछ । म नदेखेझैं गरि अघि बढ्न खोजें, उसले हर्न बजायो, रोकिन विवश भएँ । फेसबुकमा ब्लक गरेको, नम्बर ब्लक गरेकोमा उसले कुनै सिकायत गरेन । उसको कारमा राखिसकेपछि यति भन्यो‚ ‘आज पनि तँ अक्कुपाइड एरियामा मेरो ‘औषधि’ ल्याइदिन जानुपर्छ ।‘
‘मलाई अलिक सञ्चो छैन ।‘‚ जाँन्न भन्न नसकेर मैले यसो भनें ।
‘तैंले बहाना पार्न पाउँदैनस् । था'छ नि अस्ति पफोसमा तेरो-हाम्रो चर्तिकलाको भिडियो लाइभ भएको छ । अनि त्यसको भिडियो पनि मसित छ । अनि यस अघि मेरो फ्ल्याटमा 'गरेको' पनि मैले हिडेन क्यामराबाट खिँचेको छु । तैंले इन्कार गरिस् भने म तेरो नेपाली समुदायभरि त्यो भिडियो भाइरल गर्दिन्छु ।‘ गर्जने स्वरमा दिमित्रीले भन्यो ।
मैले आफ्नो अगाडिपछाडि-तलमाथि चारैतिरको संसार अँध्यारो भएको महसुस गरें । उसले सदाझैं लिफ्थेरिया स्क्वायरमा मलाई छोडेर पार्कको बाटो समायो ।
पारि पुग्दा उही सिरियन केटा मलाई पर्खिरहेको थियो । केही नबोली म उसको पछि लागें । बाटामा उसले मलाई 'यु आर हट' भन्यो उसकै लवजमा र एक कुटिल मुस्कान फ्याँक्यो । अज्ञात भयले मलाई लपेट्यो‚ पुरै जिउ सिरिङ्ग भयो‚ के यसले पनि हेरेको थियो त त्यो अस्तिको लाइभ प्रशारण ?
पहिलेजस्तै चर्चको कुनातिर लगेर थपक्क मेरो हातमा ‘औषधि’ थमाइदिएर पैसा लिएर फर्किन्छ होला भनेको त उसले मलाई अर्कैतिर पछ्याउन पो सङ्केत गर्यो र आफू फटाफट हिँड्यो । बेलाबेलामा ऊ मैले उसलाई पछ्याइरहेको छु कि छैन भनेर फर्केर हेर्ने पनि गर्थ्यो ।
गल्ली भित्रभित्रैबाट उसले मलाई अर्को सडकमा पुर्यायो र ट्याक्सीमा बस्न सङ्केत गर्यो । ट्याक्सीमै त्यसले मलाई छुने‚ चलाउने गर्न थाल्यो‚ मैले सकेसम्म तर्किने कोसिस गरें । हद भएर मैले ‘मलाई ‘औषधि’ दे म फर्किन्छु ?‘ भनें तर बदलामा उसले आफ्नो मोबाइल खोलेर देखायो उही भिडियो, मेरो इन्कारीको कुनै अर्थ रहेन । अक्कुपाइड एरियाको पर्यटकीय सहर करीना जाने हाइवेसँगैको एउटा सुनसान महलमा पुगेर ट्याक्सी रोकियो । जहाँ पहिल्यै दुई जना मुस्तन्ड काला केटाहरू र एकजना अरबी बसेर रक्सी र नाजाने केके हो खाइरहेका थिए ।
तीनै जनाले मलाई खाउँलाझैं गरी हेरे । मलाई ल्याउने सिरियनले‚ ‘हामीले खोजेको त मङ्गोलियन केटा हो तर पनि केही छैन‚ यो पनि 'हट' छ तिमीहरूले उसको भिडियो हेरेकै छौ नि ।‘ भन्यो । तिनीहरू गलल हाँसे‚ मैले टाउको निहुर्याएँ...।
...दिमित्रीको पासोबाट उम्किने कुनै बाटो म देख्दिनँ । सायद मलाई आफ्नो मातृभूमिमा फेरि टेक्न लेखेको छैन । सुन्छु‚ टर्किस प्रहरीले सिप्रोट प्रहरीसँग मिलेर एकदमै कडा कारवाही गरिरहेको छ, सीमापार लागूऔषध कारोबारीहरूलाई ।
त्यसपछि तिनीहरूले ममाथि केके अत्याचार गरे मैले यहाँ कुनै शब्द पाइरहेको छैन लेख्नलाई । मैले मेरी आमाको दुहाइदिएँ‚ मेरा बाको‚ ईश्वरको‚ अल्लाहको अनि जिससको तर ती पिपासुहरूले मेरो कुनै अनुनय विनयलाई सुनेनन् । पोप्पर सुँघ्नेसुँघाउने र उत्तेजनामा ल्याउने काम भइरह्यो । भीमकाय शरीर भएका काला अफ्रिकन‚ डरलाग्दो अरबी र त्यस सिरियन केटाले मलाई बलात्कार गरिरहे गरिरहे । मैले आनन्दले भरिएको उत्तेजना‚ अर्धबेहोसी र बेहोसी सबै कुरा भोग्नुपर्यो । होस छँदासम्म मैले अनुनय गर्दैरहें ‘मलाई छोडिदेओ, दिमित्रीको सामान लिएर म उता जान्छु ।‘ बेलाबेलामा तिनीहरूले अट्हास गरेको मात्रै म अहिले सम्झिन्छु ।
म होस सम्हाल्दा भोलिपल्टको बिहानको साढे सात बजेको थियो । रातिको कहाली सम्झेर म कोक्किइकोक्किइ रोएँ । मेरो रुवाइ सुनेर त्यो सिरियन त्यस कोठामा आयो, बाँकी जल्लादहरूलाई मैले त्यहाँ देखिनँ । मैले हात जोडेर त्यस सिरियनलाई ‘मलाई जान दे‘‚ भनें । त्यसले ‘अब तँलाई कसैले रोक्दैन । एकछिन बस्‚ ब्रेक फास्ट खा‚ त्यतिन्जेलमा साढे नौ बज्छ अनि जालास् । अहिल्यै गयो भने बोर्डरमा पुलिसले धेरै केरकार गर्छ ।‘ भन्यो ।
‘यसै जीवन नर्क उसै जीवन नर्क, पुलिसले लग्यो भने पनि कम्तिमा यो दिमित्री भन्ने राक्षसको कब्जाबाट त मुक्त भइन्छ ।‘ भन्ने ठानेर मैले तत्कालै जान जिद्दी गरें । त्यस राक्षसले फेरि केही नभनी ‘औषधि’ बोकाएर पठायो, उसलाई म थुनिए पनि वा मरे पनि के मलतब !
हिजै बोर्डर पारि गएको मान्छे आज फिर्ता भएको देखेर पुलिसले मलाई सोध्यो‚ मैले पनि ‘रातिको काममा गएको थिएँ ।‘ भनें किनभने मभन्दा अगाडिको एकजना काले केटाले पनि त्यसै भनि सीमा पार गरेको थियो । मेरो पासपोर्ट दोहोर्याएर हेरेपछि पुलिसले मलाई छोडिदियो...।
‘मेरो पञ्जाबाट उम्किन सजिलो छैन केटा ।‘‚ दिमित्रीको कुटिल मुस्कान र आँखामा यो भाव स्पष्ट झल्किएको देखें मैले, उसको ‘औषधि’ बुझाउँदा । ऊ ममाथि गएराति भएको अत्याचारबारे सूचित थियो, उसका आँखाले त्यसै भन्थे । खुकुरीले छप्काइदिऊ जस्तो आक्रोशलाई थामेर म रूदै फर्किएँ ।
...दिमित्रीको पासोबाट उम्किने कुनै बाटो म देख्दिनँ । सायद मलाई आफ्नो मातृभूमिमा फेरि टेक्न लेखेको छैन । सुन्छु‚ टर्किस प्रहरीले सिप्रोट प्रहरीसँग मिलेर एकदमै कडा कारवाही गरिरहेको छ, सीमापार लागूऔषध कारोबारीहरूलाई ।
केही दिन अघि मात्रै चिलिनोस स्ट्रिटमा बस्ने दुई जना नेपाली केटाहरूलाई उता पक्रियो । बीस युरोको लालचमा अक्कुपाइड एरियामा गएर लागूऔषध औसारपसार गर्ने काममा तिनीहरू सक्रिए थिए भनेर यहाँका ग्रीक र अङ्ग्रेजी दुवै अनलाइनहरूमा समाचार व्यापक छ । निकोसिया पुलिसले डरलाग्दा कुकुरहरूसहित फ्ल्याटप्ल्याटमा छापा मारिरेको छ‚ पारालिम्नी र लार्नाकातिर हजारौं किलो अवैध गाँजा बरामद भएको खबरसहितको नोटिफिकेसन मेरो मोबाइलमा आइरहन्छ ।
मेरो नियतिमा पनि यही लेखिएको रहेछ भने अब यो डायरीको पानामा मेरो अभागी जिन्दगीको अरू क्रन्दन लेखिने छैन...।
डायरीका त्यसपछाडिका पानाहरू सादा थिए ।
‘कहाँ होला त्यो सनोज अहिले ?‘ कतिबेरदेखि हो झरिरहेका आँशुहरू पुछ्दै मैले मनमनै उसलाई सम्झिएँ । अनि ‘बादमे बिनाजानकारी काम पे आना छोडदिया‚ कमिना ।‘‚ हारीले सनोजको बारेमा गरेको यही टिप्पणी मेरो कानमा गुञ्जिरह्यो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया