कविता
तप्प थोपा
निन्द्राबाट ब्युँझायो
तप्प–तप्प थोपाले
किन ममतामयी बन्यो
जानोस् पानीको थोपाले
मैजस्ता लाखौँलाख होलान्
मित्र समान पानीको
एक्लो अवश्य छैन म
साथ छ, निर्मल पानीको
बेहोसी बनी, रही बसेका
सारा समस्त प्राणीमा
जगायो नवीन प्रेरणा
प्रत्येक मानव हृदयमा
शितलता र सरस्ताको
मिठास सौगात स्वरूप
बास खोजी सन्ध्यामा
घर–घर चहार्ने पथिक रूप
स्थिर छैन ऊ कहीँ–कतै
चञ्चल रहने उसको चाल
झरर गर्दै झर्छ यहाँ
संगीतमय उसको आवाज
कलकल ध्वनी तरंगमा
नदी बनी सुसाउँछ
स्वाँ–स्वा सुस्केरा हाली
संवेदित बनी कराउँछ
तप्प–तप्प थोपा तिमी
आउँदै गर हाम्रो छाप्रोमा
सजग–सतर्क गराउँदै तिमी
विशजित रहुँ मानव मावन हृदयमा
तर, आँखाभरि नआऊ
ए पानीका थोपाहरू
हृदयवेदित नबनाऊ
ओ मेरा जलमित्रहरू
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया