चीनका ९७ प्रतिशत अभिभावक भन्छन्- बच्चालाई अति हेरचाह सामान्य हो
बेइजिङ : चीनका अधिकांश अभिभावकलाई आफ्नो बालबालिकालाई धेरै हेरचाह गर्नु स्वाभाविक लाग्ने गरेको पाइएको छ । चाइना युथ डेलीले हालै गरेको सर्वेक्षणका क्रममा ९७ प्रतिशत चिनियाँ अभिभावकहरुले आफ्ना छोराछोरीलाई धेरै हेरचाह गर्नु स्वाभाविक भएको बताएका हुन् ।
देशका एक हजार ५०० अभिभावकहरु सर्वेक्षणमा सहभागी भएका थिए । उनीहरुले आफ्ना बालबालिकालाई हरेक दिन धेरै चासो दिने गरेको जवाफ दिएका थिए । सर्वेक्षणमा सहभागी अधिकांश अभिभावकहरुले आफ्ना छोराछोरीहरुको हरेक गतिविधिलाई नजिकबाट नियाल्नु पर्ने बताएका थिए । उनीहरुले बालबालिकालाई हरेक गतिविधिमा सुझाव तथा निर्देशन दिने गरेको पनि बताएका छन् । (सिन्ह्वा)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया