दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंँठी ग्रीसलाई फिर्ता
फाइल फोटो
काठमाडौँ- नोबेल फाउण्डेसन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औँठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।
मन्त्रालयका अनुसार सिंहको शरीर र मानिसको टाउको भएको मेसेनियाको हस्ताक्षर रहेको उक्त औँठी बिहीबार स्टकहोममा आयोजित समारोहमा औपचारिक रूपमा फिर्ता गरिएको हो ।
सन् १९२७ मा इटालीको नियन्त्रणमा रहेको रोड्स टापुमा चिहानका लागि छुट्याइएको जमिनमा इटालीको ‘स्कूल अफ आर्कियोलोजी’ले उत्खनन गर्दा उक्त औँठी भेटिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार दोस्रो विश्वयुद्धको समय स्थानीय पुरातात्विक संग्रहालयमा राखिएका पुरातन कलाकृतिहरूबाट औँठी चोरिएको थियो । हंगेरीको नोबेल पुरस्कार विजेता भौतिकशास्त्री जर्ज भोन बेकेसीले संयुक्त राज्य अमेरिकामा किनेको बताइएको छ । सन् १९७२ मा उनको मृत्युपछि नोबेल फाउन्डेसनले उक्त औँठी संरक्षण गरेको थियो ।
यो औँठी भूमध्यसागरको स्टकहोम म्युजियम र नजिकैको पूर्वी पुरातन कलाकृतिहरूमा राखिँदै आएको थियो । सन् १९७५ मा संग्रहालयका तत्कालीन निर्देशक, पुरातत्वविद् तथा मसेनियाली युगका विशेषज्ञ कार्ल गुस्ताफ स्टाइरेनियसले यसको परिचय पुष्टि गरेका थिए। औँठीलाई रिङ रोड्स पुरातात्विक संग्रहालयमा नै फर्काइने मन्त्रालयले जानकारी गराएको छ । मेसेनियाली युग ग्रीसको काँस्य युगको अन्तिम चरण थियो र यो लगभग १६०० देखि ईसापूर्व ११०० रहेकोे थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया