टर्कीको चिन्ता सम्बोधन गरिनेः नेटो महासचिव
काठमाडौँ- उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का महासचिव जेन्स स्टोल्टेनबर्गले सैन्य गठबन्धनमा सामेल हुन फिनल्याण्ड र स्वीडेनको आवेदनपछि उत्पन्न टर्कीको चिन्तालाई सम्बोधन गर्ने वाचा व्यक्त गरेका छन् । 'हामीले टर्कीले व्यक्त गरेको चिन्तालाई सम्बोधन गर्दैछौं', उनले डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसनसँग संयुक्त रूपमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त टिप्पणी गरेका हन् ।
फिनल्याण्ड र स्वीडेनले नेटो सदस्यताका निम्ति हालै आवेदन गरेका छन्। स्टोल्टेनबर्गले फिनल्याण्ड र स्वीडेनले नेटोमा सामेल हुनका लागि दिएको निवेदनहरूलाई 'सबै सहयोगीहरूको सुरक्षा चासोलाई ध्यानमा राख्नुपर्ने आवश्यकताको रूपमा समन्वयात्मक' रूपमा निर्णय र व्यवस्थापन गरिने बताएका छन्। सो अवसरमा उनले नेटो 'फिनल्याण्ड, स्वीडेन र टर्कीसँग नजिकको सम्पर्कमा रहेको' पनि उल्लेख गरेका छन्। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीमाथि प्रतिबन्ध लगाएका फिनल्याण्ड र स्वीडेनको सम्मिलनमा आफू सहमत नहुने बताएका छन् ।
अङ्काराले कुर्दिस्तान वर्कर्स पार्टी र सिरियामा कुर्दिश मिलिशिया पिपुल्स डिफेन्स युनिटलाई उल्लेख गर्दै दुबै राष्ट्रले 'आतङ्कवादी सङ्गठन' लाई समर्थन गरेको आरोप लगाएको छ। नेटो देशहरूसँगको आफ्नो भूमि सीमा दोब्बर भएको देख्न सक्ने रुसले स्वीडेन र फिनल्यान्डलाई नेटोमा सामेल नहुन बारम्बार चेतावनी दिँदै आएको छ । रुसले यस्तो कदमले बाल्टिक सागर क्षेत्रमा आफ्नो प्रतिरक्षालाई बलियो बनाएर 'सैन्य सन्तुलन पुनर्स्थापना' गर्न बाध्य पार्ने पनि बताएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया