राष्ट्रसंघको मानवअधिकार प्रमुखले चीनको भ्रमण गर्ने
काठमाडौँ- संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख मिचेल बाचेलेट चीन भ्रमण गर्ने भएका छन् । उनी मे महिनाको २३ देखि २८ तारिखसम्म चीनको भ्रमण गर्ने अधिकारीहरूले जानकारी दिएका छन् ।
चीनको उत्तर पश्चिमी क्षेत्रमा मानव अधिकार हनन भएको प्रतिवेदनका आधारमा उनले स्थलगत भ्रमण गर्न लागेका जनाइएको छ । संयुक्त राष्ट्रसंघको मानवअधिकार सम्बन्धी उच्च आयुक्त चीन आउन लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बीनले पनि पुष्टि गरेका छन्।
उनले चीन सरकारको निमन्त्रणामा नै उच्च आयुक्त बाचेलेट चीन आउन लागेको समेत शुक्रबार जानकारी दिएका छन् । पीडितहरुलाई न्याय दिलाउन, जिम्मेबार बनाउन र घटनाका बारेमा सत्य तथ्य यकिन गर्न उनको भ्रमणले सहयोग गर्ने पनि अपेक्षा गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया