बङ्लादेशमा एकै दिन अहिलेसम्मकै धेरै सङ्क्रमित
ढाका : बंगलादेशमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदै गएको छ । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै पुगेको छ ।
महामारी नयाँ उचाइमा पुगेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले थप सतर्कता अपनाउनु पर्नेमा पनि जोड दिएका छन् । स्वास्थ्य सेवा महानिर्देशनालयले पछिल्लो २४ घण्टामा पाँच हजार १८१ जना सङ्क्रमित भएको तथ्यांक सार्वजनिक गरेको छ ।
यो सङ्ख्या गत वर्ष सन् २०२० को मार्च ८ मा कोरोना भाइरसको महामारी सुरु भएदेखिकै सबैभन्दा धेरै भएको उनीहरूको भनाइ छ । बङ्लादेशका कोरोना भाइरसबाट अहिलेसम्म ६ लाख ८९५ जना सङ्क्रमित भएका छन् भने आठ हजार ९४९ जनाको मृत्यु भएको छ ।
मृत्यु भएकामध्ये सोमबार मात्रै ४५ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २८ हजार १९५ जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि अहिलेसम्म बङ्लादेशमा पाँच लाख ३८ हजार १८ जना सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये सोमबार मात्रै दुई हजार ७७ जना सङ्क्रमणमुक्त भएका हुन् । (रासस)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया