बेलायतका १५४ सांसदलाई रुस प्रवेशमा प्रतिबन्ध
मस्को- बेलायतका १५४ सांसदलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ । रुसको विदेश मन्त्रालयले मंगलबार उनीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो ।
रुसले युक्रेनमाथि गरेको आक्रमणविरुद्धमा खरो रुपमा उभिएकाले उनीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको बुझिएको छ ।
गत फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि विश्वभरबाट त्यसको विरोध भइरहेको छ । केही देशको समर्थन र केही देश मौन रहेपनि रुसी आक्रमणबारेमा अधिकांश देशहरूले विरोध जनाएका छन् ।
संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय निकायहरूले तत्काल आक्रमण रोक्न र वार्ताको माध्यमबाट विवाद समाधान गर्न आग्रह गर्दै आएका छन् ।
विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरूको आग्रहमा सुरुमा केही चरणमा दुई पक्षका बीचमा वार्ता भए पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन ।
पछिल्लो समयका वार्ता र छलफलको क्रम पनि रोकिएको भन्दै विश्वभरबाट चिन्ता व्यक्त भइरहेको छ ।
वार्ताबाट समस्याको समाधान खोज्न चौतर्फी दवाव परे पनि रुस र युक्रेन दुवै देशले आ-आफ्नै अडान कायम राखेकाले वार्ता प्रक्रिया अगाडि बढ्न नसकेको हो ।
युद्धका कारण धेरै जनधनको क्षति भएको छ भने अन्तर्राष्ट्रिय बजार र राजनीतिमा समेत नकारात्मक असर परेको छ । (एएफपी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया