टेक्ससको एक विद्यालयमा अन्धाधुन्ध गोली चल्यो, १९ बालबालिकाको मृत्यु
प्रतीकात्मक तस्बिर
टेक्सस (अमेरिका) – संयुक्त राज्य अमेरिकाको टेक्ससस्थित आधारभूत विद्यालयमा गोली चल्दा १९ जना बालबालिकाको मृत्यु भएको छ । उभाल्डेको रब आधारभूत विद्यालयभित्र एकजना १८ वर्षे बन्दूकधारीले एकपछि अर्को कक्षाकोठामा प्रवेश गर्दै बालबालिकाहरूलाई गोली दागेका थिए ।
संयुक्त राज्य अमेरिकामा यो नरसंहारको घटना पछिल्लो एक दशकयताकै ठूलो भएको बताइएको छ । गोली हान्ने युवा सुरक्षाकर्मीको प्रतिकारमा मारिएका छन् । मृत्यु हुनेमा दुई जना वयस्क छन् र ती दुई त्यस विद्यालयका शिक्षक हुन् ।
सन् २०१२ मा पनि कनेक्टिकट, न्यूटाउनस्थित स्यान्डी हुक आधारभूत विद्यालयमा यस्तै घटना हुँदा २० बालबालिका र ६ वयस्क व्यक्ति मारिएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया