राजकुमार चाल्र्स युक्रेनी शरणार्थी शिविरमा
काठमाडौँ - बेलायतका राजकुमार चाल्र्सले बुखारेस्टस्थित युक्रेनी शरणार्थी शिविरको भ्रमण गरेर रोमानिया सरकार र स्वयंसेवकहरूले त्यहाँ गरिरहेको सहायता प्रयासबारे जानकारी लिएका छन् ।
एकजना दोभाषेमार्फत युक्रेनीहरूको समूहसँग कुरा गर्दै उनले आफ्नो भाषा सीपको अक्षमताका निम्ति क्षमा याचना गर्दै कठिन परिस्थितिमा उनीहरूले देखाएको असाधारण साहस, धैर्य र सहनशीलताको प्रशंसा गरे ।
युक्रेनी बच्चाहरूले उनलाई परम्परागत युक्रेनी ढाँचामा चित्रित काठको चम्चा उपहारस्वरुप प्रदान गरेका थिए । रुस–युक्रेन युद्ध शुरु भएयता १० लाख युक्रेनी शरणार्थीका रुपमा रोमानिया पुगेका छन् ।
शरणार्थीहरूमा प्रायः महिला र बालबालिका छन् । राजकुमार चाल्र्सका साथ रेडक्रसका अधिकारी, मुक्ति सेना र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधि बुखारेस्ट नगरका प्रमुखलगायत उपस्थित थिए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया