युक्रेनसँग सिधा र गम्भीर छलफल गर्न पुटिनलाई युरोपेली नेताको आग्रह
काठमाडौँ – फ्रान्स र जर्मनीका नेताहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनी राष्ट्रपतिसँग सिधा तथा गम्भिर छलफल गर्न आग्रह गरेका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोन तथा जर्मन चान्सलर ओलाफ स्कोल्जले पुटिनसँग ८० मिनेट फोनवार्ता गरेका थिए ।
सोही वार्ताका क्रममा उनीहरुले तत्काल युद्धविराम र रूसी सेना फिर्ता गर्न जोड दिएको जर्मन चान्सलरको कार्यालयले जनाएको बीबीसीले उल्लेख गरेको छ । यता रुसी राष्ट्रपति पुटिनले युक्रेनसँगको वार्ता पुनः सुरु गर्न खुला रहेको बताए ।
तर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता हुने वा नहुनेबारे भने स्पष्ट पारिएको छैन । यस अघि युक्रेनी राष्ट्रपतिले भने वार्ताका लागि आफू तयार नरहेको तर युद्ध अन्त्य हुनुपर्ने उल्लेख गरेका थिए ।
रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेयता दुई देशबीचका प्रतिनिधिबीच पटक पटक वार्ता भएपनि केही निश्कर्ष आउन सकेको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया