इरानमा भवन भत्किँदा २९ जनाको मृत्यु
फाइल फोटो
एजेन्सी – इरानको दक्षिणपश्चिमी शहर अबदानमा १० तले व्यावसायिक भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ भने ३८ जना बेपत्ता भएका छन् । तस्निम समाचार एजेन्सीले आइतबार एक शीर्ष प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै सो जानकारी दिएको छ ।
घटनास्थलको भ्रमणका क्रममा खुजेस्तान प्रान्तका गभर्नर सादेक खलिलियनले पत्रकारहरूसँग २९ जनाको शव फेला परेको बताएका छन् । भवनको बाँकी भाग र आसपासका संरचनाहरू खसेको डरले खोजी कार्य सुस्त र सावधानीपूर्वक अघि बढेकाले भग्नावशेषमुनि फसेका मानिसको यकिन संख्या भने अझै खुल्न सकेको छैन। इरानले उक्त घटनाका पीडितको सम्झनामा आइतबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । इरानी न्यायपालिकाको मिजान समाचार एजेन्सीले उक्त घटनाका अनुसन्धानका लागि १० जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।
मेट्रोपोल भनेर चिनिने निर्माणाधीन भवन अबादानको डाउनटाउनको भीडभाड सडकमा अवस्थित थियो जसको वरिपरि व्यावसायिक र मेडिकल कम्प्लेक्स र कार्यालयहरू थिए । सोमबार अचानक भवनको केही भाग भत्किँदा दर्जनौं मानिस भग्नावशेषमुनि फसेका थिए।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया