युक्रेनको युद्धका लागि रकम जुटाउन ट्रफी बेचियो
काठमाडौँ – यस वर्षको युरोभिजन गीत प्रतियोगिता जित्ने युक्रेनी ब्यान्ड कालुश अर्केस्ट्राले युक्रेनको युद्धका लागि पैसा जुटाउन आफ्नो ट्रफी बेचेको छ । कालुस अर्केस्ट्राले उक्त ट्रफी ९ लाख अमेरिकी डलरमा बेचेको बीबीसीले जनाएको छ ।
युक्रेनी सेनाका लागि ड्रोन खरिद गर्ने उद्देश्यले कालुस अर्केस्ट्राले क्रिस्टल माइक्रोफोन फेसबुकमार्फ लिलामी गरेको थियो । उक्त ब्यान्डले बर्लिनको ब्रान्डनबर्ग गेटमा परोपकारी कन्सर्ट गरिरहदा ट्रफी बिक्री भएको थियो । कन्सर्ट स्वास्थ्य सामाग्रीका लागि गरिएको हो ।
कन्सर्टमा बोल्दै ब्यान्डका सदस्य ओलेह सिउकले युद्धसँग अभ्यस्त नहुन आग्रह गरे । रुसले युक्रेनमा आक्रमण गरे यता ४ हजार भन्दा बढी सर्वसाधारणको मृत्यु हुनुका साथै करिब ५ हजार मानिस घाइते भएको संयुक्त राष्ट्र संघले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया