बेइजिङमा कोभिड संक्रमित हजारौले गरे क्वारेन्टिन नियम उल्लघंन
एजेन्सी – चीनको राजधानी बेइजिङमा कोभिड संक्रमित भएकाहरूले कोभिड नियन्त्रण सम्बन्धी नियमहरूको उल्लघंन गर्न थालेका छन् । दैनिक हजारौँले नियम उल्लघंन गर्ने गरेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
क्वारेन्टिनमा बसेका वा बस्नुपर्ने अवस्थामा रहेकाहरू नै अहिले बाहिर निस्कने गरेको उनीहरूको भनाइ छ । चीनमा कोभिड भाइरसको सङ्क्रमण फेरि बढ्न थालेपछि पछिल्लो पाँच हप्तादेखि सरकारले आम नागरिकलाई घर भित्रै बस्न अनुरोध गरेको छ ।
विषेश गरेर सङ्क्रमित भएकाहरूलाई कोभिड नियन्त्रण सम्बन्धी नियमहरूको पालना कडाइका साथ गर्न पनि सरकारी अधिकारीहरूले आह्वान गर्दै आएका छन् ।
लामो समयदेखि क्वारेन्टिनमा बस्नु परेको र बाहिर निस्कन नपाएकोले सरकारी नियम नै उल्लघंन गरी बाहिर निस्कने गरेको उनीहरूले बताएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया