युरोपेली संघद्वारा रुसबाट आयात हुने तेलमा ९० प्रतिशत प्रतिबन्ध
काठमाडौँ - युरोपेली संघले यस वर्षको अन्त्यसम्ममा रुसी तेलको आयातमाथि ९० प्रतिशत प्रतिबन्ध लगाउने सहमति गरेको छ । युरोपेली परिषद्का नेताहरूले प्रतिबन्धबारे सोमबार घोषणा गरेको सीएनएनले जनाएको छ ।
ट्याङ्करहरूबाट पठाइने रूसी तेलमा प्रतिबन्ध लगाइने तथा ड्रुज्बा पाइपलाइनको दक्षिणी खण्डका लागि छुट दिइने युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले पत्रकार सम्मेलनमा बताए ।
पाइपलाइनको उत्तरी खण्डले पोल्याण्ड र जर्मनीलाई तेल पठाउने गरे पनि दुवै देशले प्रतिबन्धका लागि सहमति जनाएका छन् । दक्षिणी भाग हंगेरी, स्लोभाकिया र चेक गणतन्त्रमा जान्छ र यसका लागि छुट दिइएको भोन डेरले बताए । दक्षिणी खण्डमा गरिने रूसी तेल आयातको १० प्रतिशत हो ।
भोन डेरले तेलमाथिको प्रतिबन्ध र अन्य प्रतिबन्धलाई लिएर युरोपेली संघका नेताहरुले छलफल जारी राख्ने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया