अमेरिकाले युक्रेनलाई उच्च प्रविधियुक्त रकेट प्रणाली दिने
काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनको आत्मरक्षाका लागि अमेरिकाले उच्चप्रविधियुक्त रकेट प्रणाली पठाउने बताएका छन् । युक्रेनले लामो समयदेखि मागिरहेको हतियारले शत्रु सेनालाई लामो दूरीबाट प्रहार गर्न मद्दत गर्ने सक्ने बीबीसीले उल्लेख गरेको छ ।
अहिलेसम्म रुसमाथि युक्रेनले आक्रमण गर्न सक्ने डरले अमेरिकाले उक्त रकेट प्रदान गर्न अस्वीकार गरिरहेको थियो । तर बुधबार राष्ट्रपति बाइडनले उक्त घातक हतियारले रूसबिरूद्ध कीभको वार्ताको स्थितिलाई बलियो बनाउने र कूटनीतिक समाधानको सम्भावनालाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।
त्यसैका कारण अमेरिकाले उच्च प्रविधियुक्त रकेट प्रणाली युक्रेनलाई प्रदान गर्न लागिएको उनले दाबी गरे । नयाँ हतियारहरूमा एम१४२ हाई मोबिलिटी आर्टिलरी रकेट प्रणाली समावेश हुने बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया