विश्वको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको तटमा फेला
फाइल तस्बिर
सिड्नी – पृथ्वीको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको पश्चिमी तटमा रहेको सार्क खाडीमा फेला परेको छ । वैज्ञानिकहरुका अनुसार यसले करिब २०० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।
यो बिरुवा पोसिडोनिया अस्ट्रेलिस प्रजातिको हो। यसलाई फाइबर बल विड वा रिबन विड पनि भनिन्छ । यो सामान्यतया अष्ट्रेलियाको दक्षिणी तटवर्ती किनारमा पाइन्छ ।
आनुवंशिक परीक्षण प्रयोग गरेर वैज्ञानिकहरूले पश्चिमी अष्ट्रेलियामा ठूलो पानीमुनिको एउटा घाँसे मैदान वास्तवमा एउटा बोट हो भनेर निर्धारण गरेका हुन् । यो कम्तीमा ४५०० वर्षमा एउटै बीउबाट फैलिएको विश्वास गरिएको छ ।
टोलीले पर्थबाट करिब ८०० किलोमिटर उत्तरमा रहेको सार्क बेमा संयोगवश फेला पारेका थिए ।
अन्वेषकहरूले खाडीबाट विरुवाको अंकुर संकलन गरेपछि १८०० आनुवंशिक मार्करहरू जाँच गरेका थिए । त्यसपछि प्रत्येक नमूनाबाट फिंगरप्रिन्ट निकालिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया