मेक्सिकोमा अगाथा आँधी : ११ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता
फाइल तस्बिर
एजेन्सी – मेक्सिकोमा अगाथा नामक आँधीका कारण बस्तीहरू डुवानमा पर्दा ११ जनाको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरू गरेका छन् । आँधीका कारण कम्तीमा ३३ जना हराइरहेका बताइएको छ ।
अमेरिकी ‘नेशनल हरिकेन सेन्टर (एनएचसी)’ का अनुसार यस आँधी स्थानीय समय अनुसार सोमबार मेक्सिकोको प्रशान्त किनाराबाट सुरू भएको थियो । यो सन् १९४९ मा रेकर्ड राख्न सुरू गरिएपछि आएको सबैभन्दा शक्तिशाली आँधी भएको बताइएको छ ।
हावाहुरीसँगै भारी वर्षा हुँदा मानवीय तथा अन्य भौतिक क्षति भएको मौसमविद्हरूले बताएका छन् ।
ओक्साका राज्यका गभर्नर एलेजेन्ड्रो मुराटले बुधबार आँधीबाट आएको अवस्थाबाट नागरिकलाई नआत्तिन र प्राकृतिक विपत्तिबाट हुनसक्ने थप जोखिमबारे चनाखो रहन आग्रह गरे ।
उनले भने, “सामुद्रिक किनाराको माथिल्लो क्षेत्रमा ३३ (मानिसहरू) हराइरहेका छन् र ११ जनाको मृत्यु भएको छ ।”
ओक्साका नागरिक सुरक्षा कार्यालयका अनुसार सान्ता क्याटरिना जानागुया समुदायमा डाँडामा पहिरो जाँदा १८ र २१ वर्षका दुई जनाको मृत्यु भएको छ । लानो डेल चिल्लरमा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ भने उनको छोरा घाइते भएका बताइएको छ ।
अगाथा ओक्साकाको पोर्टो एन्जलनजिकै प्रति घण्टा १६५ किलोमिटर (१०५ माइल) वेगमा अवतरण गरेको थियो ।
साधारणतया मे र नोभेम्बर महिनाको बीचमा प्रशान्त महासागर र आन्द्र महासागर दुवै तटमा उष्ण कटिबन्धीय आँधीले मेक्सिकोलाई नियमित प्रभावित गर्नेगर्छ ।
गत वर्ष अगस्टमा मेक्सिकोमा आएको ग्रेस नाम दिइएको घातक आँधीका कारण भेराक्रुज र पुएब्लाका पूर्वी राज्यहरूमा ११ जनाको ज्यान गएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया