विश्व

टर्की देशको नाम परिवर्तन

इकागज |
जेठ २०, २०७९ शुक्रबार ११:६ बजे

काठमाडौँ –  टर्की अब औपचारिक रुपमा ‘टर्किये’ भनी चिनिने भएको छ । अंकाराको औपचारिक अनुरोधमा सहमति जनाएपछि अबदेखि संयुक्त राष्ट्रसंघमा टर्की ‘टर्किये’ भनी चिनिने बीबीसीले जनाएको छ ।  

गत वर्षको अन्त्यमा टर्कीका राष्ट्रपतिले सुरु गरेको रिब्रान्डिङ अभियानको एक हिस्साको रूपमा धेरै अन्तर्राष्ट्रिय निकायहरूलाई अब नाम परिवर्तन गर्न आग्रह गरिनेछ ।


टर्किये आफ्ना जनताको संस्कृति, सभ्यता र मूल्यमान्यताको उत्कृष्ट प्रतिनिधित्व र अभिव्यक्ति रहेको राष्ट्रपति रेसेप तैयप एर्दोगानले डिसेम्बरमा बताएका थिए । 
 


Author

थप समाचार
x